
काठमाडौं । गृहमन्त्री रमेश लेखकले अपराध नियन्त्रण गरि मुलुकमा शान्ती सुव्यवस्था कायम गर्न र अपराधको अनुसन्धान गर्न नेपाल प्रहरीसम्बन्धी ऐन र कानूनलाई एकीकरण एवं संशोधन गरिएको बताउनुभएको छ ।
प्रतिनिधि सभाको सोमवारको बैठक नेपाल प्रहरी विधेयकमाथिको छलफलमा सांसदहरुले राखेका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो । उहाँले नेपाल प्रहरी विधेयक प्रहरीको ‘सर्भिस ल’ भएको दाबी गर्नुभयो । उहाँले विधेयकले कानूनी रुप लिएपछि नेपाल प्रहरीलाई व्यवसायिक र प्रभावकारी बनाउँदै मुलुकमा विधिको शासन कायम गर्ने थप सहयोग प्रदान गर्ने विश्वास लिनुभयो ।
उहाँले भन्नुभयो, ‘यस विधेयकले अपराध रोकथाम तथा नियन्त्रण गरी शान्ती तथा सुव्यवस्था कायम गर्न र अपराधको अनुसन्धान गर्नको लागि नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गरिएको हो । यो नेपाल प्रहरीको सर्भिस ल हो । यसले नेपाल प्रहरीलाई थप व्यवसायिक, थप प्रभावकारी, थप सक्षम र मुलुकमा विधिको शासन कायम गर्ने कुरामा थप सबल बनाउँछ भन्ने म आग्रह गर्न चाहान्छु । प्रश्तुत विधेयकमा नेपाल प्रहरी सेवाको गठन संचालनमा नेपालमा एक प्रहरी संगठन रहने, नेपाल प्रहरी संगठनको संचालनका विषयमा मैले निवेदन गरिसके यसका सँगसँगै प्रदेशमा पनि प्रहरी रहने व्यवस्था हामीले यस विधेयकमा गरेका छौं । प्रहरी संगठन समावेशी र राष्ट्रिय स्वरुपको हुने कुरा हामीले गरेका छौं ।’
विधेयकमा प्रहरी संगठनलाई समावेशी र राष्ट्रिय स्वरुपको बनाउने प्रयास गरिएको उहाँको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच