
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले नेपाल प्रहरीलाई क्यामेरा सहयोग गरेको छ । मंगलबार नगरपालिकामा एक कार्यक्रमबीच कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंका प्रहरी उपरीक्षक अपिलराज बोहरालाई डिएसएलआर क्यामेरा हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा उहाँले प्रहरीको अनुसन्धान अझ सशक्त बनाउँदै शान्ति सुरक्षा कायम गर्न सहकार्य जारी रहने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘दृश्यात्मक प्रस्तुतीकरणमा क्यामेराको उपयोगले गतिविधि थप प्रभावकारी बनाउने विश्वास छ । प्रहरीको अपराध अनुसन्धानमा सहजीकरण गर्ने उद्देश्यले क्यामेरा प्रदान गरिएको हो ।’
शहरी विकास र सार्वजनिक सुरक्षा सुदृढ बनाउन कागेश्वरी नगरपालिकाले अस्पताल र प्रहरी बिटका लागि जग्गा पनि सहयोग गर्ने भएको छ । प्रहरी उपरीक्षक अपिलराज बोहराले अपराध अनुसन्धानमा दृश्य सामग्रीको प्रामाणिकता बढाउन डिएसएलआर क्यामेरा उपयोगी हुने बताउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच