
सिन्धुली । तेह्रौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कमलामाई नगरपालिकाका खेलाडीहरुले पाएका छन् ।
सोमबारदेखि सिन्धुलीमाढीमा जारी खेलकुद प्रतियोगितामा २३ स्वर्ण, ५ रजत र ७ कास्य पदक जित्दै लगातार चौथो पटक उपाधि पाउन सफल भएका हुन् ।
कमलामाईका खेलाडीहरुले एथलेटिक्समा ३ स्वर्ण, २ रजत र २ कास्य पदक प्राप्त गरेका छन् । कराँतेतर्फ ७ स्वर्ण पदक, १ रजत र ३ कास्यपदक प्राप्त गरेका छन् । त्यस्तै, तेक्वान्दोमा १० स्वर्ण, २ रजत र १ कास्य पदक जितेका छन् भने भलिवलमा २ स्वर्ण पदक, कवड्डीमा १ स्वर्णपदक र १ कास्य पदक जितेका छन् ।
रनिङ शिल्डमा दुधौली नगरपालिका दोस्रो भएको छ । दुधौलीले ८ स्वर्ण पदक, २० रजत र १३ कास्य पदक सहित दोस्रो स्थान हासिल गरेको हो । दुधौलीले एथलेटिक्समा ५, कराँतेमा १, तेक्वान्दोमा २ स्वर्ण पदक प्राप्त गरेको थियो ।
खेलकुद प्रतियोगितामा फिक्कल गाउँपालिका तेस्रो भएको छ । फिक्कलले ८ स्वर्ण पदक, ७ रजत पदक र २ कास्य पदक सहित तेस्रो स्थान लिन सफल भएको छ । राष्ट्रपति रनिङ शिल्डअन्तर्गत ५५ स्वर्ण पदक, ५५ रजत पदक र ६० कास्य पदक विजेता भएका छन् । खेलमा १ हजार ३ सय ३३ खेलाडीहरु सहभागी थिए ।
फागुन ५ गतेदेखि १३ गतेसम्म जारी रहने राष्ट्रपति रनिङ शिल्ड तथा प्रथम खेलकुद महोत्सव २०८१ अन्तर्गतका खेलमध्ये राष्ट्रपति रनिङ शिल्डका सबै खेल बुधबार सकिएका खेलकुद महोत्सवका प्रेस संयोजक जीवी श्रेष्ठले जानकारी दिनुभयो । उहाँकाअनुसार खेल सकिएसँगै विजेताहरुलाई शिल्ड, प्रमाणपत्र तथा पुरस्कार वितरण गरिएको छ । रनिङ शिल्डका खेल समापन भए पनि खेलकुद महोत्सव अन्तर्गतका खेलहरु जारी छन् । खेलकुद महोत्सवअन्तर्गत १० वटा विधाका खेल सम्पन्न गरिने छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच