
काठमाडौं । भीमसेन लामा निर्देशित ब्रिटिश चलचित्र ‘कामा’ युके र आइरल्याण्डमा एकसाथ प्रदर्शन हुने भएको छ । मार्च ७ मा २६० बढी सिनेमा घरमा प्रदर्शन हुने फिल्म सस्पेन्स, एक्शन र थ्रिलले भरिएको बताइन्छ ।
युकेका बिभिन्न स्थानमा छायांकन गरिएको यो चलचित्रमा बिश्वासघात र बदलाका लागि मान्छे कुन हदसम्म पुग्नसक्छ भन्ने देखाइएको छ । चलचित्रको ट्रेलरले दर्शकको मन जितिरहेको छ । चलचित्रमा हलिउड कलाकार म्याट वेकफोर्डनट, जेमिमा टोम्स, मिया बेनेट, साउथ इण्डियन अभिनेत्री पूजा गुप्ताका साथमा नेपाली अभिनेता टंक धमला मुख्य भूमिकामा अभिनित हुनुहुन्छ । विक्रम जोशी कार्यकारी निर्माता, हीराल जोशी निर्माता, एमजी अमीन र ईश्वर श्रेष्ठ सहनिर्माता रहेको चलचित्रको कथा स्व.बिसारद बस्नेतको हो भने स्क्रिप्ट हीराल जोशी, विक्रम जोशी र लक्ष्मण सुवेदीले लेख्नुभएको हो ।
अन्तर्राष्ट्रिय बजारलाई लक्षितगरी निर्माण गरिएको ‘कामा’ले इटलीमा सम्पन्न मिलान इन्टरनेशनल फिल्म मेकर फेष्टिभलमा सर्वाेत्कृष्ट चलचित्र, सर्वाेत्कृष्ट स्क्रिप्ट, सर्वाेत्कृष्ट अभिनेता र सर्वाेत्कृष्ट अभिनेत्रीको चार अवार्ड जितेको थियो । त्यसैगरी, म्याड्रिड इन्टरनेशनल फिल्म फेष्टिभल-२०२४ मा सर्वाेत्कृष्ट अभिनेता, सिनेमाटोग्राफर र सहअभिनेताको अवार्ड जितेको थियो । थुप्रै फेष्टिभलमा नोमिनेशनमा परेको छ ।
लामो समयदेखि युकेमा बसोवास गर्दै आइरहेका अभिनेता, निर्माता विक्रम जोशीले यसअघि ‘पासवर्ड’, ‘हृयाप्पी डेज’, ‘हेलो जिन्दगी’ र ‘द सिक्रेट अफ राधा’ चलचित्र निर्माण गरिसक्नुभएको छ । ‘कामा’ छिट्टै अमेरिका, अष्ट्रेलिया, क्यानडालगायत देशका हलमा तथा केही समयपछि हिन्दीमा भारत र नेपालीमा नेपालका हलमा प्रदर्शन गरिने निर्माण टिमले जानकारी दिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच