
काठमाडौं । गत आर्थिक वर्षको सात महिनाको तुलनामा चालु आर्थिक वर्षको सात महिनामा नेपालको वैदेशिक व्यापार १३.३० प्रतिशतले बढेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघसम्मको तथ्यांकअनुसार गत आर्थिक वर्षको माघसम्ममा नौ खर्ब ८४ अर्ब ७७ करोड ४८ लाख ११ हजार रुपैयाँ बराबर वैदेशिक व्यापार भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ११ खर्ब १५ अर्ब ७९ करोड २५ लाख २९ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो । सो अवधिमा निर्यात र आयात दुवै बढेको छ ।
निर्यात ४६.५० प्रतिशतले बढेको छ भने आयात १० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो सात महिनामा आठ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख ९९ हजारको आयात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १०.०९ प्रतिशतले बढेर नौ खर्ब ८८ अर्ब ५८ करोड ७७ लाख रुपैयाँ बराबरको आयात भएको हो ।
त्यस्तै, गत आर्थिक वर्षको माघसम्ममा ८६ अर्ब ८३ करोड नौ लाख १२ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो । सबैभन्दा बढी डेढ खर्बको पेट्रोलियम पदार्थ आयात भएको छ । जसअन्तर्गत ६६ अर्बको डिजेल, ३७ अर्बको पेट्रोल, ३५ अर्ब रुपैयाँको ग्याँस र ११ अर्ब रुपैयाँको हवाई इन्धन आयात भएको हो ।
नेपालको व्यापार घाटा ६.२० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको माघसम्म आठ खर्ब ११ अर्ब ११ करोड २९ लाख ८८ हजार रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा आठ खर्ब ६१ अर्ब ३८ करोड २८ लाख ७१ हजार रुपैयाँ बराबरको व्यापार घाटा रहेको भन्सार विभागले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच