
काठमाडौं । गुलाम अलीको सुमधुर स्वरमा सजिएको गीत ‘गाजलु ती ठूला ठूला आँखा’को नयाँ भिडियो सार्वजनिक भएको छ । म.वि.वि. शाह (स्वर्गीय राजा महेन्द्र वीरविक्रम शाह) को रचना, दीपक जंगमको संगीत रहेको यो गीत पहिलोपटक २०४२ साल (सन् १९८५) मा रेकर्ड गरिएको थियो । उस्ताद गुलाम अलीले नेपाल भ्रमणका क्रममा चारवटा गीत रेकर्ड गराउनुभएको थियो, जसमा ‘गाजलु ती ठूला ठूला आँखा’ पनि समावेश थियो । तीन दिनको अवधिमा रेडियो नेपालको स्टुडियोमा यो गीत रेकर्ड गरिएको थियो ।
हालै म्युजिक नेपालले क्रिएटिभ आवर प्रोडक्सन र ड्याड प्रोडक्सनको सहकार्यमा यस गीतको नयाँ भिडियो निर्माण गरी सार्वजनिक गरेको छ । यसको भिडियोमा शंकर श्रेष्ठ र अञ्जना बराइलीको अभिनय छ । यस भिडियोको अवधारणा तयार र निर्देशन सुव्रत आचार्यले गर्नुभएको हो भने छायांकन उत्सव दाहालले गर्नुभएको छ । भिडियोको सम्पादन विकास दाहालले गर्नुभएको छ ।
हेयर र मेकअपको जिम्मेवारी सुप्रिया आर.एल. शाहले सम्हाल्नुभएको छ भने स्टाइलिङ आशिम रानाभाटले गर्नुभएको छ् । प्रोडक्सन डिजाइनरका रूपमा दिपेन्द्र गौतम ‘माइकल’ले काम गर्नुभएको छ भने सहायक निर्देशक साइव्रत आचार्यले भिडियोको समन्वयमा भूमिका निर्वाह गर्नुभएको छ । क्रिएटिभ निर्देशन जया शर्माले गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच