एकदिवसीय विश्वकप छनोट : नेपाल र वेस्टइन्डिज भिड्दै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले आज (बिहीबार) वेस्टइन्डिजसँग खेल्दैछ ।

वेस्टइन्डिज र नेपालबीचको खेल जिम्बावेको राजधानीमा रहेको हरारे स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ ।

नेपालले यसअघि खेलेका दुई खेलमध्ये एकमा जीत र एकमा हार ब्योहोरेको छ । जिम्बाबेलाई राम्रो लक्ष्य दिए पनि बलिङमा जम्न नसक्दा पराजय भोगेको नेपालले अमेरिकालाई भने सानदार प्रदर्शनका साथ हराएको थियो ।

ओडिआई वरियतामा नेपाल १४ औं र वेस्टइन्डिज १० औं स्थानमा छन् । आजको प्रतिस्पर्धा नेपालका लागि निकै ठूलो अवसर भएको जनाउँदै क्रिकेट समिक्षकहरूले नेपालले गौरब गर्नु पर्ने टिप्पणी गरेका छन् ।

वेस्टइन्डिज दुईपटकको एकदिवसीय तथा दुई पटकको टी-ट्वान्टी विश्वकप च्याम्पियन हो ।

नेपालले समूह चरणको अन्तिम खेल भने नेदरल्यान्डसँग २४ जुन अर्थात असार ९ मा खेल्नेछ । प्रतियोगितामा सहभागी १० टोलीमा दुई टोलीले भारतमा हुने विश्वकप खेल्न पाउनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?