
काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा आज नेपाल र म्यानमारबीच प्रतिस्पर्धा हुने भएको छ । आ–आफ्ना दुई खेलमा विजयी भएका यी दुई टोली फाइनलमा पुगि सकेका छन् । यदपी आजको खेल फाइनल भने होइन् ।
खेल नेपाली समय अनुसार साँझ ६ बजे दशरथ रंगशालामा हुनेछ। नेपालले कीर्गिस्तान र लेबनानलाई समान एक गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो । म्यानमारले कीर्गिस्तानलाई ५–० र लेबनानलाई ३–१ गोलले हराएको छ।
एएफसी महिला एसियन कप र फिफा विश्वकप लक्षित प्रतियोगिताको फाइनल फागुन १४ हुनेछ।ओलम्पिक छनोटअन्तर्गत घरेलु मैदानमै भियतनामसँग खेलेको नेपाली टोली गत वर्ष साउदी अरेबियामा भएको वाफ वुमन्स च्याम्पियनसिपको उपविजेता बनेको थियो। नेपालले पहिलो पटक घरेलु मैदानमै तीन राष्ट्रलाई आमन्त्रण गरेर खेलिरहेको छ।
हालसम्म अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्न नसकेको नेपाल यस पटक त्यो खडेरी तोड्ने लक्ष्यमा हुनेछ। नेपाल १२ पटक अन्तर्राष्ट्रय प्रतियोगिताको फाइनलमा पुगे पनि उपाधि हात पार्न सकेको छैन।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच