
काठमाडौं । महाशिवरात्रिको अवसर पारेर आज (बुधबार)देखि सिनेमाघरमा तीन चलचित्र प्रदर्शनमा आएका छन् । आजदेखि सिनेमाघरमा आएका चलचित्र हुन् कुमार कट्टेलको निर्देशन रहेको ‘लाज शरणम्’, दिवाकर भट्टराईको निर्देशन रहेको ‘मायावी’ र निरोज महर्जनको निर्देशन रहेको ‘फेरि रेशम फिलिली’ । नेपालमा नयाँ चलचित्र शुक्रबार सिनेमाघरमा आउने परम्परा रहे पनि चाडपर्व तथा विशेष अवसरमा भने अन्य दिन पनि रिलिज हुँदै आएका छन् । सामान्यतया शुक्रबार रिलिज हुने परम्परालाई यस शिवरात्रिमा पनि तोडिएको छ । बुधबार रिलिज हुने तीन चलचित्र देशभर एकअर्काेसँग भिड्दैछन् ।
आजदेखि सिनेमाघरमा कुमार कट्टेलको निर्देशन रहेको ‘लाज शरणम्’, दिवाकर भट्टराईको निर्देशन रहेको ‘मायावी’ र निरोज महर्जनको निर्देशन रहेको ‘फेरि रेशम फिलिली’ प्रदर्शनमा आएका छन् । नेपालमा नयाँ चलचित्र शुक्रबार सिनेमाघरमा आउने परम्परा रहे पनि चाडपर्व तथा विशेष अवसरमा भने अन्य दिन पनि सिनेमा रिलिज हुँदै आएका छन् । सामान्यतया शुक्रबार रिलिज हुने परम्परालाई यस शिवरात्रिमा पनि तोडिएको छ । बुधबार रिलिज हुने तीन चलचित्र देशभर एकअर्काेसँग भिड्दैछन् ।
‘लाज शरणम्’ राजनीतिक विषयवस्तुमा निर्माण भएको छ । चलचित्रले कर्णाली भेगमा राजनीति गर्ने एक नेताको कथालाई विषयवस्तु बनाएको छ । ‘सक्किगोनि’ सिरियलको टिमले बनाएको यो चलचित्रमा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, महेश त्रिपाठी, हरि निरौला, मुकुन्द श्रेष्ठ, विजय लामा, अर्जुन घिमिरे, सागर लम्साल, कमलमणि नेपाल, रेणुनाथ योगी, प्रियाना आचार्य, बबिन राईलगायतको अभिनय छ । यो चलचित्रको निर्माता नवीन श्रेष्ठ हुनुहुन्छ भने रामनरेश शाह र सिर्जना खड्का सह–निर्माताका रूपमा रहनुभएको छ । अर्जुन घिमिरे (पाँडे) कार्यकारी निर्माता हुनुहुन्छ ।
‘ग्रीन कार्ड’को विषयवस्तु उठाइएको बताइने चलचित्र ‘फेरि रेशम फिलिली’ २०७२ मा रिलिज ‘रेशम फिलिली’को सिक्वेल हो । ‘फेरि रेशम फिलिली’मा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वांगदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापालगायतको अभिनय छ । सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किंग योगीको द्वन्द्व निर्देशन तथा कालिप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन यो चलचित्रमा छ । सिनेमा आट्र्स र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको चलचित्रमा रौनक विक्रम कँडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा रहनुभएको छ ।
लभ स्टोरी जनरामा बनेको ‘मायावी’मा पल शाह, दीपिका प्रसाई, प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ र नवनायक समीम खानको मुख्य भूमिका छ । राजुविक्रम थापाको डीओपी रहेको चलचित्रमा मिलन श्रेष्ठको सम्पादन छ । चलचित्रमा धु्रव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी छ । राजु पराजुली र सुमित वलीको सह-निर्माण रहेको चलचित्रमा प्रवीन भट्टराई र करण सिंह कार्यकारी निर्माताको रूपमा हुनुहुन्छ । चलचित्रमा क्रियटिभ सिने आर्टस्का लागि नेम महर्जनको पनि लगानी छ ।
तीन चलचित्रमध्ये सबैभन्दा धेरै शो ‘लाज शरणम्’ले पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनमा यो सिनेमाले ६५ शो पाएको छ । क्यूएफएक्सका काठमाडौं उपत्यकाका आउटलेटमा २९ र काठमाडौं उपत्यकाबाहिर ३६ शो पाएको छ ।
‘फेरि रेशम फिलिली’ले काठमाडौं बाहिरका क्यूएफएक्सका आउट लेटमा २५ शो पाएको छ । ‘मायावी’ले काठमाडौं बाहिरका क्यूएफएक्सका आउट लेटमा २० शो पाएको छ ।
‘लाज शरणम्’ले आईएनआईमा १५ शो पाएको छ । विग मुभिजमा पाँच, एफक्यूब सिनेमाजमा चार, बीएसआरले चार शो पाएको छ । वान सिनेमाजमा नौ शो पाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच