दुर्घटनामा एककाे मृत्यु

विवेक खड्का दाङ, संवाददाता
विवेक खड्का दाङ, संवाददाता
Read Time = 2 mins

दाङ । तुलसीपुर उपमहानगरपालिकाको सरसफाई शाखामा कार्यरत कर्मचारी ३५ वर्षिय कबिराम चौधरी सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।

महाशिवरात्रिको दिन बुधबार साँझ मोटरसाइकल दुर्घटनामा परेर गम्भिर घाइते भएका तुलसीपुर-२ निवासी चौधरीको नेपालगञ्जमा उपचारको क्रममा निधन भएको हो ।

तुलसीपुर-६ का अध्यक्ष वर्षात भण्डारीले सरसफाई शाखामा कार्यरत कर्मचारी चौधरीको निधनप्रति दुख व्यक्त गर्दै परिवारमा समवेदना प्रकट गर्नुभएको छ ।

महाशिवरात्रीका दिन साँझ ६ बजेतिर तुलसीपुर-८ चमिखोला नजिकै तुलसीपुरबाट पश्चिम तर्फ जाँदै गरेको रा ४ प ४४१० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक सूर्य रानाका अनुसार दुर्घटनामा परि मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका-८ निवासी ४८ वर्षीय लक्ष्मी प्रसाद थारु पनि गम्भिर घाइते हुनुभएको छ । उहाँको नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?