बझाङ । नेकपा एमाले बुङ्गल नगरकमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा दीपकराज जोशी निर्वाचित हुनुभएकाे छन् । फागुन २० र २१ गते सम्पन्न भएको बुङ्गल नगरकमिटीको दोस्रो अधिवेशनमा सहमतिको नयाँ कमिटी चयन गर्ने प्रयास भएतापनि सहमति नहुन सकेपछि मतदानबाट जोशी अध्यक्ष पदमा निर्वाचित हुनुभएकाे हाे ।
अन्य सबै पदमा निर्विरोध कमिटी चयन भए पनि अध्यक्ष र उपसचिव पदमा निर्वाचन सम्पन्न भएको हो । अध्यक्ष पदमा प्रेम धामी र दीपकराज जोशी बीच प्रतिस्पर्धा भएको थियो, जहाँ जोशीले ४६ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । प्रेम धामीले ४३ मत प्राप्त गर्नुभएकाे थियाे । सचिव पदमा दीपकराज कुँवर निर्विरोध चयन हुनुभएकाे छ ।
उपाध्यक्षमा कृपा जाग्री, उपसचिवमा राम धामी र बहादुर बोहरा बीच प्रतिस्पर्धा भएकोमा, राम बहादुर धामी निर्वाचित हुनुभएकाे छ । उपसचिव पद महिलामा गंगा धामी चयन गरिएको छ । नगरकमिटीको दाेस्रो अधिवेशनबाट अन्य ४१ सदस्यीय नगरकमिटी पनि चयन गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच