
काठमाडौं । एन्फा ‘बी’ डिभिजन लिग आजदेखि सुरु हुँदैछ । प्रतियोगितामा देशभरिका १४ वटा क्लबले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको उद्घाटन खेल दशरथ रंगशालामा हुनेछ भने अन्य खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछन् । सिंगल राउण्ड रोबिनमा हुने प्रतियोगितामा ९१ वटा खेल हुनेछन् ।
प्रतियोगिताको मार्केटिङ, टिकेटिङ र ब्रोडकास्टिङको अधिकार एन्फाले एमडिएसी स्पोट्र्सलाई प्रदान गरेको छ । प्रतियोगिताको टिकटदर दशरथ रंगशालामा सामान्यतर्फ १०० र भिआइपीतर्फ ३०० तय गरिएको छ ।
त्यस्तै, एन्फा कम्प्लेक्सको सामान्य प्याराफिटमा १०० रुपैयाँ टिकटदर कायम गरिएको छ । प्रतियोगिताको विजेताले १५ लाख पुरस्कार पाउनेछन् भने उपविजेताले १० लाख र तेस्रो स्थानको टिमले पाँच लाख प्राप्त गर्नेछन् । फेयर प्ले टिमले एक लाख, उत्कृष्ट खेलाडी एक लाख, उत्कृष्ट गोलकिपर ५० हजार, सर्वाधिक गोलकर्ताले ५० हजार प्राप्त गर्ने एन्फाले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच