
काठमाडौं । महोत्तरीको भूमिसुधार तथा मालपोत कार्यालयका खरिदार मुन्नु कुमार दास घुस सहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दाससहित लेखापढी कानुन व्यवसायी जिवछ महतोले जग्गाको ट्रायल चेक गरी नक्सा सुधार गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग ३५ हजार घुस लिने क्रममा मंगलबार पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासबाट खटिई गएको टोलीले निज मुन्नु कुमार दास र जिवछ महतोलाई सेवाग्राहीबाट रकम लिँदै गरेको अवस्थामा पक्राउ गरी थप कारबाही अगाडी बढाएको आयाेगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभयाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच