
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका २१ वर्षिय सुरेन्द्र बिष्टको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । बुधबार दोगडाकेदार-८ कै ४२ वर्षीय स्याल भनेर चिनिने कर्णबहादुर बिष्टलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
कर्णबहादुरले प्रयोग गरेको भरुवा बन्दुक, गोली, मोवाइल लगायतका सामानसहित सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।
४० हजार रुपैयाँ लेनदेनका बिषयमा विवाद हुँदा कर्णबहादुरले आफ्नै भाइ नाता पर्ने सुरेन्द्रको गोली हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक मिश्रले बताउनुभयो ।
फागुन १७ गतेदिउँसो दुबैजना बिच लेनदेनकै बिषयमा हातपात समेत भएको थियो । सोही दिन राति ८ः३० बजेको समयमा गोली प्रहार गरेर कर्णबहादुरले सुरेन्द्रको हत्या गरेको उहाँले जानकारी दिनुभयो ।
फागुन २५ गते दोगडाकेदार ८ कै पत्थरखानीको ओढारमा लुकाइछिपाइ गरेको अवस्था झोला फेला परेको थियो । सोही ठाउँमा मंगलबार उनले हत्यामा प्रयोग गरेको बन्दुकसहितका सामग्री फेला परेको प्रहरीले जनाएको छ ।
हत्यापछि फरार भएका कर्णलाई गएको फागुन २३ गते दार्चुलाको महाकाली नगरपालिका-९ दत्तु नाकाबाट उनलाई पक्राउ गरिएको थियो । भारततर्फ भाग्दै गरेको अवस्थामा अभियुक्त बिष्टलाई प्रहरीले पक्राउ गरेको थियो ।
अभियुक्त कर्णबहादुर माथि जिल्ला अदालतबाट फागुन २३ गतेदखी लागु हुने गरी १० दिन म्याद थपेर कर्तव्य ज्यान मुद्धामा अनुसन्धान भैरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच