
पाल्पा । तानसेनमा भएको वडास्तरीय रनिङ शिल्ड ब्याडमिन्टन प्रतियोगिताको उपाधि वडा नं ७ का सुमित कुमार घिमिरे र विशाल भण्डारीको जोडीले जितेको छ । फाइनल खेलमा वडा नं. २ का महेशमान बज्राचार्य र एबिन श्रेष्ठको जोडीलाई १७–२१ र १९–२१ को सेटले हराउँदै घिमिरे र भण्डारीले उपाधि जित्नुभएको हो ।
प्रतियोगितामा महेशमान बज्राचार्य र एबिन श्रेष्ठको जोडी द्वितीय भएको छ । यस्तै वडा नं .३ का विनय खाती, खेम सारु र वडा नं. १ का कृष्ण अग्रहरी, दलबहादुर सारुको जोडी तृतीय भएको क्लवका अध्यक्ष प्रबिनराज शाक्यले जानकारी दिनुभयो ।
प्रतियोगिताका उपाधि विजेतालाई नगद २० हजार, रनिङ शिल्ड, प्रमाणपत्र र मेडलसहित पुरस्कृत गरिएको छ । यस्तै दोस्रो हुनेलाई नगद १० हजार प्रमाणपत्र र मेडल, तेस्रो हुने टिमलाई ५/५ हजार, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो । प्रतियोगिताका उपाधि विजेता, उपविजेता खेलाडीहरुलाई नेपाली काँग्रेस पाल्पाका सभापति तथा क्लवका संस्थापक अध्यक्ष हिमालदत्त श्रेष्ठले नगद, प्रमाणपत्र, ट्रफी र मेडलसहित पुरस्कृत गर्नुभएको थियो । खेलाडीलाई पुरस्कृत गर्दै प्रमुख अतिथि श्रेष्ठले क्लवले खेल क्षेत्रको विकासमा देखाएको सक्रियता प्रशंसनिय रहेको बताउनुभयो । उहाँले यस्ता प्रतियोगिताहरुले राष्ट्रिय ,अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
नारायण युवा क्लवको आयोजनामा भएको प्रतियोगितामा नगर भित्रका १६ टोलीले सहभागिता जनाएका थिए । प्रतियोगिताको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, वडा अध्यक्ष महेश्वर श्रेष्ठ, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पिताम्वर पाण्डे र क्लवका अध्यक्ष प्रबिनराज शाक्यले संयुक्त रुपमा ब्याडमिन्टन खेलेर शुभारम्भ गर्नुभएको थियो ।
प्रतियोगिताको शुभारम्भ गर्दै नगर प्रमुख श्रेष्ठले क्लवले सञ्चालन गर्दै आएका हरेक गतिविधिहरु रचनात्मक र प्रशंसनिय रहेको बताउनुभयो । उहाँले खेल क्षेत्रको विकासका लागि नगर सरकारले विशेष प्राथमिकतामा राखेर काम गर्दै आएको र त्यसमा क्लवले सक्रियता देखाएकोमा खुसी व्यक्त गर्नुभयो ।
नगर प्रमुख श्रेष्ठले विगतमा खेल क्षेत्रका लागि नगर सरकारबाट अत्यन्त न्युन बजेट विनियोजन हुँदै आएकोमा चालु आर्थिक वर्षमा भने ३० लाख छुट्याएको बताउनुभयो । वडा अध्यक्ष महेश्वर श्रेष्ठले महिलाहरुको जीविकोपार्जनसँगै शिक्षा, स्वास्थ्य, पर्यटन र खेल क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर वडाले काम गर्दै आएको बताउनुभयो ।
उहाँले वडाको खेल क्षेत्रका लागि क्लवसँग सहकार्य गर्दै अगाडि बढेको उल्लेख गर्नुभयो । ब्याडमिन्टन संघ पाल्पाका अध्यक्ष बसन्तलाल बज्राचार्यले खेल क्षेत्रको माध्यमबाट तानसेनलाई गुल्जार बनाउनुपर्ने बताउनुभयो । उनले तानसेन खेलको सम्भावना बोकेको नगर भएकाले त्यसको विकास गरी पर्यटनसँग जोड्न सके सुस्ताउँदै गएको तानसेनलाई चलायमान बनाउन सकिने भन्दै त्यसतर्फ ध्यान दिन नगर सरकारलाई आग्रह गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच