
काठमाडौं । गत हप्ता प्रदर्शनमा आएको चलचित्र ‘होस्टेल ३’को गीत ‘रक अन’ युट्युबमा सार्वजनिक गरिएको छ । चलचित्रको अन्त्यमा राखिएको यो गीतको व्यापक माग भएपछि इन्टरनेटमा ल्याइएको निर्देशक सशान कँडेलले बताउनुभयो । यस गीतमा ‘होस्टेल ३’का प्रमुख कलाकारहरू पारस बम ‘कुल ब्वाय’ र रिहान गिरीको साथमा समिर काजीको स्वर रहेको छ भने महेश ज्ञवालीको शब्द तथा संगीत छ भने एरेन्ज योगेश काजीले गर्नुभएको छ ।
‘होस्टेल ३’ले पहिलो हप्ता नेपालमा मात्र चार करोड ३२ लाख ग्रस कलेक्सन गरेको थियो । यो चलचित्र हाल नेपालबाहिर मध्यपूर्व, अष्ट्रेलियालगायतका देशहरूमा समेत प्रदर्शन भइरहेको छ भने नेपालीहरूको बसोबास रहने प्रायः सबै देशहरूमा रिलिज हुने निर्देशक कँडेलले जानकारी गराउनुभयो । इमिरेट्स, बहराइन, कतार तथा अष्ट्रेलियाबाट पनि यसको व्यापारको चर्चा आइरहेको छ ।
गत बिहीबार रिलिज भएयता ‘होस्टेल ३’को व्यापारको रफ्तार गजबको देखिएको छ । दोस्रो हप्ताको शनिबार पनि चलचित्रको व्यापारमा कुनै कमी नआएको निर्देशक कँडेलले बताउनुभयो । ‘हामी निरन्तर हल भिजिटमा छौं र वितरकबाट पनि व्यापार रिपोर्ट लिइरहेका छौं । दोस्रो हप्तामा पनि व्यापारको उत्साह कायमै छ । दोस्रो शनिबार त झनै व्यापक माहोल देखियो,’ कँडेलले भन्नुभयो ।
यस चलचित्रमा पारस बम ‘कुलब्वाय’, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुलीलगायतको मुख्य भूमिका छ । प्रवीण खतिवडाले वार्डेनको भूमिका निभाउनुभएको छ । आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि चलचित्रमा रहनुभएको छ ।
चलचित्रमा माधव शर्माको पटकथा तथा संवाद लेखन तथा एसोसियट निर्देशन छ । चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुनुहुन्छ भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनिश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर हुनुहुन्छ । शंकर कोइराला कार्यकारी निर्माता हुनुहुन्छ भने कोसिसराज क्षेत्री लाइन प्रोड्युसर रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच