
लण्डन । खुसीको आँसु बग्यो र खुसीले सीमा तोड्यो, जब न्युक्यासल युनाइटेडले ५६ वर्षको असफलताको भूतलाई वेम्बली रंगमञ्चमा भगायो, जुन लामो समयदेखि तिनीहरूलाई सताइरहेको थियो । जब रेफ्री जोन ब्रुक्सले अन्तिम सिटी बजाएर लिभरपुलविरुद्ध २-१ को काराबाओ कप जित पक्का गर्नुभयो तब एउटा ठूलो कालो-सेतो उत्सवको लहर वेम्बली रंगशालाभरि फैलियो । यो त्यही रंगशाला थियो जसले १९५५ मा एफए कप जितेपछि लगातार नौ पराजयको पीडा दिएको थियो ।
अन्ततः लामो प्रतीक्षा समाप्त भयो । ५६ वर्षपछि ठप्प भइसकेको इन्टर-सिटिज फेयर्स कपका रूपमा टाइनसाइडमा ठूलो ट्रफी आइपुगेको थियो । केही समर्थकहरू अन्तिम सिटी बज्नु अगावै आँसु झारिरहेका थिए ।
प्रिमियर लिग प्रतिद्वन्द्वी लिभरपुललाई २-१ ले पराजित गर्दै न्युक्यासल इंग्लिस लिग कपको च्याम्पियन बन्यो । न्युक्यासलले पछिल्लो पटक सन् १९५५ मा एफए कप जितेको थियो । त्यसयता क्लब तीन पटक उपाधिनजिक पुगेर पनि निराश बनेको थियो । टोली सन् १९९८ र १९९९ को एफए कप तथा २०२२ मा लिग कपको फाइनलमा पराजित भएको थियो । आइतबार राती वेम्बली रंगशालामा न्युक्यासललाई जित दिलाउन ड्यान बर्न र अलेक्जान्डर इसाकले गोल गर्नुभयो ।
लिभरपुलका लागि फेडेरिको किएसाले गोल फर्काउनुभयो । खेलको ४५औँ मिनेटमा बर्नको गोलमार्फत् न्युक्यासलले अग्रता लिएको थियो । ५२औँ मिनेटमा इसाकले टोलीको अग्रता दोब्बर बनाउनुभयो । इन्जुरी समयमा वैकल्पिक खेलाडी किएसाले गोल गर्दै लिभरपुललाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।
हाउ एफए कप वा लिग कप जित्ने पहिलो अंग्रेजी प्रशिक्षक बन्नुभएको छ । जसले यो उपलब्धि हृयारी रेडनेपपछि हासिल गर्नुभएको हो । रेडनेपले सन् २००८ मा पोट्र्समाउथका लागि एफए कप जित्नुभएको थियो । साथै, हाउ सन् २००४ मा मिडल्सब्रोका लागि स्टिभ म्याक्लारेनपछि यो उपाधि जित्ने पहिलो अंग्रेजी प्रशिक्षक हुनुहुन्छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच