
भोजपुर । प्रत्येक वर्ष भोजपुर सदरमुकाममा संचालन हुने खुला मेयर कप महिला फुटबल प्रतियोगिता अन्तर्गत सातौ संस्करणको खेल चैत्र २० गतेबाट हुने भएको छ ।
भोजपुर जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा चैत्र २० गतेबाट चैत्र २३ गतेसम्म भोजपुर नगरपालिका वडा नम्वर ७, कोदारमा रहेको रंगशालामा सातौ महिला मेयर कप फुटबल प्रतियोगिता हुन लागेको हो ।
गत बर्ष जस्तै यस बर्ष पनि प्रतियोगितामा ६ वटा टिमले सहभागिता जनाउने लक्ष राखिएको आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रबिण सुवालले जानकारी दिनुभयो ।
प्रतियोगितामा विजेता हुने टिमले नगद एक लाख पाँच हजार पाँच सय ५५ रुपैया र उपविजेता टिमले नगद ५१ हजार पाँच सय ५५ पाउने छन भने ब्यक्तिगत बिधा तर्फका पुरस्कारको पनि ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।
गत बषर्कोको छैटौ संस्करणमा सप्तरीको नवोबुद्ध युथ क्लव बिजेता भएको थियो भने इलामको ओएसिस क्लव उपबिजेता बनेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच