
हेटौँडा । हेटौँडामा महिलाहरूलाई आत्मनिर्भर बनाउँदै स्वरोजगारको मार्गमा अघि बढाउन ३९० घण्टाको आधारभूत ब्युटिपार्लर तालिम सुरू भएको छ।
बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम परिषद् (CTVT) र हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको यस तालिमले स्थानीय महिलाहरूलाई सौन्दर्य व्यवसायमा नयाँ अवसर दिने लक्ष्य राखेको छ।
सूर्यमणि प्राविधिक शिक्षालय प्रा.लि.को आयोजनामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका १९ वटै वडाबाट १३६ जना इच्छुक महिलामध्येबाट २० जना सहभागीहरू छनोट भएका छन्।
हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामाले तालिमको उद्घाटन गर्दै प्राकृतिक सौन्दर्य सामग्रीहरूको प्रयोगद्वारा सौन्दर्य व्यवसायलाई अझ व्यावसायिक बनाउन यो तालिम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । "महिलाहरू आफ्नै ठाउँमा सीप सिकेर आत्मनिर्भर बनून् भन्ने हाम्रो चाहना हो," प्रमुख लामाले भन्नुभयो।
प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम परिषद् (CTEVT) का प्रमुख शान्ति लामाले पनि महिलाहरूलाई आफ्नै ठाउँमा सीप सिकेर स्वरोजगार बन्ने अवसरलाई गुम्न नदिन आग्रह गर्नुभयो ।
तालिमका प्रशिक्षकहरू सुमित्रा मुडभरि र लक्ष्मी लामाले सौन्दर्य सेवा व्यवसायमा आवश्यक सीप र प्रविधिको प्रशिक्षण दिनेछन्। कार्यक्रम संयोजक मेनका श्रेष्ठले ६०/४० आर्थिक साझेदारीमा सञ्चालित यस तालिमले स्थानीय महिलाहरूलाई सीपमूलक उद्यमतर्फ उन्मुख गराउने बताउनुभयो ।
सूर्यमणि प्राविधिक शिक्षालयका प्रमुख श्याम कुमार अग्रवालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा हेटौँडा उपमहानगरपालिका उद्योग शाखा प्रमुख महेन्द्र चापागाई,हेटौंडा उपमहानगरपालिकाकि गरिमा सिग्देलले सहित स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
स्वरोजगार र आत्मनिर्भरता निर्माणको मार्गमा अग्रसर भएको यो तालिम स्थानीय महिलाहरूका लागि उज्यालो भविष्यको आधारशिला बन्ने अपेक्षा गरिएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच