
झापा । झापाको गरामनी बहुमुखी क्याम्पसमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केशव खरेल स्ववियु अध्यक्षमा निर्वाचित भएका छन् ।
अध्यक्षका प्रतिस्पर्धी नेविसंघका रोनिस पाठक, एमाले निकट अनेरास्ववियुका विमला गिरी पछि पार्दै खरेल अध्यक्ष निर्वाचित भएका हुन् ।
सो क्याम्पसमा राप्रवि संगठनको प्यानल नै विजयी भएको छ । अध्यक्ष खरेल २३ मत ल्याएर विजयी भएका हुन् ।
नेविसंघका अध्यक्ष पदका उम्मेदवार पाठकले ८ र अनेरास्ववियुका उम्मेदवार गिरीले ६ मत प्राप्त गरेका छन् । ४० मतदाता रहेको सो क्याम्पसमा ३७ मत खसेको थियो । सबै मत सदर भएको छ । गरामनी क्याम्पसको स्ववियु सचिवमा सुदीप अधिकारी, कोषाध्यक्ष रामकृष्ण पौडेल र सदस्यमा सुदीन ढकाल विजयी भएका छन् ।
आज निर्वाचन भएका झापाका १३ मध्ये राप्रविसंगठनले एकल उम्मेदवारी दिएको एक मात्र क्याम्पस गरामनी भएको र प्यानलै विजयी भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका बिर्तामोड अध्यक्ष लक्ष्मी गौतमले बताए । बिर्तामोड नगरपालिका ( ८ मा रहेको यो मुलुककै थोरै मतदाता भएको क्याम्प हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच