
वासिङ्टन डिसी । प्रोफेसनल टेनिस प्लेयर्स एसोसिएसन पिटिपिएले टेनिसको प्रमुख प्रशासकीय निकायहरूविरुद्ध न्युयोर्क अदालतमा मुद्दा दायर गरेको छ । नोभाक जोकोभिचद्वारा सन् २०१९ मा स्थापित यस स्वतन्त्र खेलाडी संघले एटिपी, डब्युटिए, आइटिएफ र डब्युआइटिएफले एकाधिकार कायम राखेको, खेलाडीहरूको हक हनन गरेको र उनीहरूको स्वास्थ्यलाई बेवास्ता गरेको आरोप लगाएको छ ।
पिटिपिएका कार्यकारी निर्देशक अहमद नासरले टेनिसको व्यवस्था अन्यायपूर्ण रहेको, खेलाडीहरू शोषणमा परेको, उनीहरूको आम्दानी दबाइएको र स्वास्थ्य जोखिममा राखिएको बताएका छन् । सुधारका लागि गरिएको वार्ताले कुनै नतिजा नदिएपछि कानुनी मार्ग अपनाउन बाध्य भएको नासरलाई उद्धृत गर्दै रोयर्टसले उल्लेख गरेको छ ।
एपिपीले भने पिटिपिएलाई विभाजनकारी भन्दै मुद्दालाई निराधार भएको बताएको छ । डब्युटिएले पनि आफूले महिला टेनिसको प्रवद्र्धन गर्दै आएको दाबी गर्दै आरोप अस्वीकार गरेको छ । पिटिपिएले भने एटिपीले बाध्यात्मक र्याङकिङ प्रणाली लगाउने, चरम गर्मीमा खेल्न बाध्य पार्ने र अनुचित ड्रग परीक्षण गर्नेलगायत आरोप लगाएको छ । मुद्दा दायर गर्नुअघि पिटिपिएले २५० भन्दा बढी खेलाडीहरूसँग परामर्श गरेको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच