
काठमाडौं । दिगो भविष्य निर्माण भन्ने नाराका साथ वैकल्पिक निर्माण सामग्री एएसी ब्लक उत्पादकहरूको पहिलो सम्मेलन हुने भएको छ । मुख्य गरी एएसी ब्लकको उपयोगिता बढाउन सम्मेलन आयोजना गर्न लागिएको एएसी ब्रिक उत्पादक संघले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । शुक्रबार काठमाडौंमा आयोजना हुने सम्मेलनमा आर्किटेक्ट तथा स्ट्रक्चरल इञ्जिनियरको सहभागिता रहनेछ ।
साथै छिमेकी मुलुक भारतबाट समेत विज्ञहरूको सहभागिता रहने संघका अध्यक्ष निकोलस पाण्डेले बताउनुभएको छ । एएसी उपभोगमा वृद्धि गर्ने तथा दिगो भविष्य निर्माणमा सघाउ पुर्याउने सम्मेलनको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो । संघका अनुसार हाल नेपालमा नौवटा एएसी ब्लक उद्योग सञ्चालनमा छन् । जसमा कुल पाँच अर्ब रुपैयाँ लगानी छ भने पाँच हजार जनाभन्दा बढीले रोजगारी पाएका छन् । हाल स्वदेशी एएसी ब्लकको कुल जडित क्षमता २२ सय घनमिटर प्रतिदिन रहेको छ तर कम रहेको कुल क्षमताको २० प्रतिशत उत्पादन भइरहेको सम्बद्ध उद्योगीहरूले बताएका छन् ।
त्यसो त विगत १० वर्षदेखि नै उद्योगहरूले फरक-फरक ब्राण्डमा एएसी ब्लक उत्पादन र बजारीकरण गर्दै आएका पनि एएसी ब्लक प्रयोग गरी वाल लगाउने कार्यका लागि हालै नेपाल सरकारले एएसी ब्लकलाई स्वीकृति प्रदान गरेको छ । संघका अनुसार स्वदेशी कच्चा पदार्थ सिमेन्ट र बालुवाबाटै बनाइने एएसी ब्लक जर्मन प्रविधिमा आधारित हलुका, ध्वनि र चिसो प्रतिरोधी, वातावरणमैत्री, विश्वसनीय र नवीनतम निर्माण सामग्री भए पनि सचेतनाको कमीले एएसी ब्लक प्रयोग अपेक्षाअनुसार बढ्न भने सकेको छैन । आवासीय घर तथा व्यावसायिक भवन निर्माणमा एएसी ब्लक परम्परागत इँटाभन्दा लागत १० देखि १३ प्रतिशतसम्म सस्तो पर्ने संघको दाबी छ । नेपालका लागि यो नयाँ प्रविधि भए पनि विकसित मुलुकमा वर्षौंदेखि प्रयोग हुँदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच