
काठमाडौं । पूर्व राष्ट्रपतिद्वय रामवरण यादव र विद्यादेवी भण्डारीले भ्रष्टाचारजन्य कार्य गरिरहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
पूर्वराष्ट्रपति यादवको काठमाडौंमा आफ्नै सुविधा सम्पन्न घर हुँदाहुँदै उहाँ भाडाको घरमा बसेर राज्यलाई मासिक १ लाख ९२ हजार भाडा तिर्न लगाएको उजुरीकर्ताको दाबी छ ।
पूर्वराष्ट्रपति यादवले आफ्नो घर भने भाडामा लगाएको उहाँको दाबी छ ।
त्यस्तै, उजुरीकर्ताले उजुरी पत्रमा उल्लेख गरेअनुसार पूर्वराष्ट्रपति भण्डारी भने काठमाडौंको चपली हाइटमा आफ्नै घरमा बसिरहेको तर उहाँले मासिक एक लाख रुपैयाँ भाडा सरकारबाट लिइरहनुभएको दाबी छ । आफ्नै घरमा बसेर घर भाडावापतको रकम लिनु भ्रष्टाचारजन्य कार्य रहेको उजुरीकर्ताको दाबी छ ।
उजुरी कर्ता युवराज पौडेलले पूर्वराष्ट्रपतिद्वयलाई तत्काल पक्राउ गरी अनुसन्धान अगाडि बढाइनु पर्ने, घरभाडावापत गैरकानुनी रुपमा लिइएको रकम फिर्ता गराइनुपर्ने र कानुनबमोजिमको कारबाहीसमेत गरिनुपर्ने माग राख्नुभएको छ ।
उजुरीमा पूर्वराष्ट्रपति यादव र भण्डारीलाई भ्रष्टाचार कसुरमा पक्राउ गरी छानबिन गर्न उजुरीमा माग गरिएको छ। अन्यथा मुद्दा लिएर अदालतसम्म जाने उजुरीमा भनिएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच