
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनता चनाखो रहेकाले लोकतान्त्रिक व्यवस्था हटाएर उथलपुथल हुन नसक्ने बताउनुभएको छ ।
बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले नेपाली जनता धेरै लामो समय संघर्ष गरेर एउटा सचेतनाका साथ अहिलेको व्यवस्थामा आएकाले हा हा हु हु गर्दैमा अन्य देशहरुको जस्तो व्यवस्था परिवर्तन हुन नसक्ने टिप्पणी गर्नुभयो । लोकतन्त्रलाई सुदृढ गर्ने कुरामा नेपाली जनता पर्याप्त चनाखो रहेको उहाँको भनाइ छ । अबको प्रश्न लोकतन्त्रलाई कसरी व्यवहारिक रुपमा सुदृढ गर्ने ? भन्ने रहेको बताउनु भयो । उहाँले लोकतन्त्र मासिने कुरा हुन नसक्ने जिकिर गर्नुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हेर्दाहेर्दै दरबार हत्यकाण्ड जस्ता काण्डहरु भए, सत्ता हत्याउने काम भए । सत्ता हत्याएर समाचार वाचकका पछि बन्दुक उभ्याउने काम भए । यो भन्दा बढी व्याख्या गर्नु परेन । लोकतन्त्र कहाँ बच्यो ? ति दिन नदेखेका मान्छे, त्यस जमानामा नजन्मिएको मान्छे अहिले यो भएन, त्यो भएन, तानाशाही भयो, अधिनायकवाद भयो भन्छन् । के अधिनायकवाद भन्नेकुरा भाेगेकै छैनन् । हामी डेमोक्रेटिक सिस्टममा छौँ । यसमाथि धावा बोल्ने ? एयरपोर्टदेखि महाराजगञ्जसम्म त खुला उद्घोषका साथ मान्छेहरुले मार्च गरेको देखियो । लोकतन्त्र हुनु हुँदैन, संविधान अनुसार देश चल्नु हुँदैन, कानूनी राज हुनु हुँदैन । अराजकता सिर्जना गरेर केही मान्छेहरुले सजिलो हुन्छ, अस्तव्यस्ता कायम गर्न । केही मान्छेहरुलाई भ्रम छ नेपालमा पनि अरु केही देशहरुमा जस्तै उथलपुथल हाहा हुहु गरेको भरमा हुन्छ भन्ने । नेपाली जनता धेरै लामो समय संघर्ष गरेर एउटा सचेतनाका साथ यहाँ आइपुगेका छन् । त्यसकारण लोकतन्त्रलाई सुदृढ गर्ने कुरामा नेपाली जनता पर्याप्त चनाखो छन् । अबको प्रश्न लोकतन्त्रलाई कसरी व्यवहारिक रुपमा सुदृढ गर्ने ? भन्ने हो । लोकतन्त्र मासिने कुरा हुन सक्दैन ।’
प्रधानमन्त्री ओलीले स्थानीय तहलाई स्वच्छ बनाउने कुरामा आफूहरु लागि परेको बताउनु भयो । उहाँले जनताले सिंहदरबारको सरकार गाउँ गाउँमा मात्रै पुग्यो र सिंहदरबारका भ्रष्टाचारहरु पनि गाउँमा पुगेको भन्दै टिप्पणी गर्ने गरेको बताउनु भयो । सिंहदरबार भ्रष्ट नरहेको दाबी गर्दै सिंहदरबारमा बसेर देशको नेतृत्व गर्ने आफूले सधैँ भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने गरेको बताउनु भयो । उहाँले भ्रष्टाचार मुक्त सुशासन, भ्रष्टाचार अन्त्य गर्ने र जनतालाई सेवामा छिटो छरितो सेवा दिने काममा आफूहरु लागेको बताउनु भयो । उहाँले स्थानीय तहको विकल्प नभएको पनि बताउनु भयो ।
प्रधानमन्त्री ओलीले आफूहरु देश निर्माण गर्ने कार्यकर्ता भएको बताउनु भयो । संविधानको प्रभावकारी कार्यान्वयन र केही कुराहरु संशोधन गर्दा विचार पु¥याएर समयानुकल बनाएर अघि बढ्न जरुरी रहेको बताउनु भयो । संविधान संशोधनको अर्थ प्रणालीको रक्षा गर्ने, प्रभावकारी बनाउने, कमजोरी हटाउने र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने भएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच