
बैतडी । माध्यमिक परीक्षा (एसइई) मा बैतडीका १२४ जना परीक्षार्थी अनुपस्थित भएका छन् । बिहीबारदेखि सुरु भएको एसइई परीक्षामा पहिलो दिन १२४ जना परीक्षार्थी अनुपस्थित भएका शिक्षा विकास तथा समन्वय इकाई बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिनुभयो ।
आज अंग्रेजी बिषयमा परीक्षामा नियमित तर्फका ७१, प्राविधिक धार तर्फका १ र ग्रेडवृद्धितर्फका ५२ गरी १२४ जना परीक्षार्थी अनुपस्थित रहेको उहाँले बताउनुभयो ।
परीक्षा फारम भरेका तर परीक्षामा उपस्थित नभएका १२४ जना विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो ।
“विद्यालयमा भर्ना गरेर रोजगारीका लागि भारततिर गएकाहरु, बिहे गरेका वा हाजिर नपुगेकाहरु अनुपस्थित देखिएका हुन् सक्छन्,” इकाई प्रमुख अवस्थीले भन्नुभयो ।
यसैबीच पहिलो दिनको परीक्षा शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न भएको जनाएको छ । परीक्षा शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गराउन प्रमुख जिल्ला अधिकारीको अध्यक्षता रहेको माध्यमिक शिक्षा उत्तिर्ण समन्वय समितिले अनुगमन समेत गरिरहेको छ ।
एसइई परीक्षामा बैतडीका ५ हजार ३६२ विद्यार्थीहरुले परीक्षा फारम भरेका थिए । बैतडीमा १ सय २८ ओटा सामुदायिक र ५ ओटा संस्थागत विद्यालयका परीक्षार्थीहरुले एसइई परीक्षामा सहभागी रहेका छन् ।
बैतडीमा यो बर्ष एसईई सञ्चालनका लागि २७ ओटा केन्द्र निर्धारण गरिएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच