
-चञ्चल कुमार झा
रौतहट । विहिवारदेखि सुरु भएको माध्यमिक शिक्षा(एसईई) परीक्षाको क्रममा परीक्षा मर्यादा विपरित कार्य गर्ने एक निरिक्षक सहित दुई जना पक्राउ गरिएको छ भने रौतहटको विभिन्न परीक्षा केन्द्रहरुबाट ४ सय भन्दा बढी मोबाइल बरामद भएको हो ।
परीक्षाको मर्यादा विपरित कार्य गरेको यमुनामाइ गाउँपालकिा वडा नं. ५ स्थित रहेको यमुनामाइ माध्यमिक विद्यालय झुनखुन्वा परिक्षा केन्द्रबाट विद्यार्थीहरुबाट रकम लिइ परिक्षा केन्द्रमा मोबाइल प्रवेश गराउने एक जना परिक्षा निरिक्षक र मौलापुर नगरपालिका वडा नं. ५ स्थित रहेको लक्ष्मिनिया माध्यमिक विद्यालय मौलापुर परिक्षा केन्द्रमा बाहिरबाट चिट पुर्याउने एक जनालाइ गरि दुइ प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक कुमार रायले बताउनु भयो ।
डिएसपी रायका अनुसार परिक्षा मर्यादा भंग गर्ने दुबै जनालाइ नियन्त्रणमा लिइ सम्मानित जिल्ला अदालत रौतहटबाट म्याद अनुमति लिइ अनुसंधान प्रक्रिया अगाडी बढाएइको छ ।
२०८१ सालको एसईईको पहिलो दिन भएको अग्रेजी विषयको परीक्षामा मुख्य गेटमा चेकजाँच गर्ने क्रममा परिक्षा केन्द्रमा प्रवेश गर्ने विद्यार्थीहरुले चिट चोर्ने उद्धेश्यले शरिरमा लुकाइ छिपाइ ल्याएको ४ सय २४ वटा मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
परीक्षा सुरु भएपछि चिट पुर्याइ रहेको भिडियो फोटोहरु विभिन्न समाजिक संजालमा राखिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच