
ओखलढुंगा । शैक्षिक गुणस्तर बृद्धिमा जोड दिँदै ओखलढुंगाको पाँचौ जिल्ला सभा सम्पन्न भएको छ ।
जिल्लास्थित सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरमा बृद्धि गर्ने महत्वपूर्ण निर्णयसँगै चैत ५ र ६ गते सम्पन्न भएको हो । दुई दिनसम्म सञ्चालन भएको सभामा चालु आ.व.०८१/०८२ को प्रथम अर्धवार्षिक समिक्षा गरिएको छ । समिक्षा सँगसँगै जिल्लाका विकास निर्माण सम्बन्धी महत्वपूर्ण निर्णयहरु गरिएको छ ।
सभाको निर्णयको पहिलो नम्बरमा नै शिक्षाको गुणस्तर बृद्धिको लागि ३ वटा महत्वपूर्ण निर्णय गरिएको छ ।
निर्णय :
जिल्लाभित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर अभिबृद्धि गर्न आधारभूत तह, (कक्षा ३) सम्म अतिरिक्त सन्दर्भ सामग्रीको ब्यवस्था गर्ने ।
कक्षा १ का लागि शैक्षिक सत्र ०८२ बाटै र कक्षा २ र ३ का लागि आगामी शैक्षिक सत्र ०८३ बाट सबै सामुदायिक विद्यालयहरुमा प्रचलित कानूनमा नबाँझीने गरी सन्दर्भ सामग्री छपाई अध्ययन अध्यापन गराउन पहल गर्ने ।
धुलोरहित कक्षाकोठा,बालमैत्री फर्निचरको ब्यवस्था, कार्यरत शिक्षकहरुको शैक्षिक पात्रो बनाई नियमित अनुगमन मूल्याँकन र प्रोत्साहन सम्बन्धी नियमित रुपमा गर्ने ।
जिल्लाका प्रत्येक स्थानीय तहहरुमा कम्तिमा १/१ वटा आवासीय विद्यालय सन्चालन गर्न तीनै तहका सरकारसँग पहल गर्ने भनिएको छ । त्यसै गरी समाजमा ब्याप्त लैँगिक हिँसालाई न्यूनीकरण गर्न लैँगिक हिँसा विषय समाबेश गरेर सबै सामुदायिक विद्यालयहरुमा पाठ्यसामग्री तयार गरी लागू गर्न गराउन अनुरोध गर्ने निर्णय गरिएको छ ।
जिल्ला सभा सम्पन्न भएपश्चात शुक्रबार जिल्ला समन्वय समितिका प्रमुख टेकराज भट्टराईले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि प्रेस वक्तव्य मार्फत जानकारी दिनुभयो । शैक्षिक गुणस्तर सम्बन्धी गरिएको निर्णयलाई स्पष्ट पार्दै भन्नुभयो; ‘भूईमान्छेका छोराछोरीहरु पढ्ने स्कुलको शैक्षिक गुणस्तर बृद्धि गर्नुपर्छ भन्ने मनसायले यो शैक्षिक गुणस्तर बृद्धि सम्बन्धीको निर्णय गरिएको हो । यो भन्दा अगाडी जिल्ला शिक्षा समितिको बैठकले कार्यदलको गठन, कार्यदलको सझावको आधारमा सबै पाठ्यपुस्तकको अध्ययन गरी तयार पारिएको प्रतिवेदन, त्यसको आधारमा सबै आधारभूत विद्यालयका प्रधानाध्यापकहरु, सबै स्थानीय तहका शिक्षा शाखाका प्रमुखहरु लगायत सरोकारवाला निकायहरुको उपस्थितिमा गोष्ठी सम्पन्न गर्याँै । उक्त गोष्ठीले अहिले बालकक्षा र कक्षा १ मा अध्यापन भईरहेको पाठ्यपुस्तक व्यवहारीक नभएको पुष्टी भयो । सोअनुसार कक्षा १ देखि ३ सम्म सन्दर्भ सामग्रीको छपाई गरी लागु गर्ने निर्णय गरिएको हो ।’
पाँचौ जिल्ला सभाले कृषी, पर्यटन, धार्मिक पर्यटन, ऐतिहाँसिक तथा पूरातात्वीक सम्पदाहरुको संरक्षण, जिल्ला भित्रका विभिन्न ठाउँमा भएका प्राकृतिक तथा धार्मिक स्थलहरुको प्रबद्र्धन गरी पर्यटनको विकास गर्ने लगायतका निर्णयहरु गरिएको समन्वय प्रमुख टेकराज भट्टराईले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच