रत्यौली संस्कृतिमा ‘कर्मा’ को गीत ‘सारी लगाइदेऊ’

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । यही नयाँ वर्ष २०८२ को छेको पारेर चैत २९ गतेदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘कर्मा’को गीत सार्वजनिक भएको छ ।

चलचित्रको ‘सारी लगाइदेऊ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतमा सलिना विकको स्वर, सुष्मा सिग्देलको शब्दरचना र भाष्कर स्वारको संगीत रहेको छ । भाष्कर स्वार र सुवास पौडेलले एरेन्ज गरेको भिडियो मिक्सिङ तथा मास्टरिङ शाश्वत श्रेष्ठले गर्नुभएको छ ।

नेपाली समाजका टिपिकल शब्द प्रयोग गरिएको गीतले सांस्कृतिक झल्को दिन्छ । नेपाली संस्कृति बोल्ने प्रयास गरेको छ । विशेषगरी रत्यौली संस्कृतिमा यो गीत तयार पारिएको छ ।

माया-प्रेम दर्शाउँदै व्यंग्य गरेको गीतले मर्दपनको पनि कुरा गर्छ । संस्कृतिभित्र प्रेम र व्यंग्य एकसाथ मिसाइएको गीतले दर्शकको मन जित्ने निर्माण पक्षको विश्वास छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, उपासना सिंह ठकुरीलगायतको अभिनय छ । रत्यौलीमा विपिनको प्रवेशले गीतको भिडियो रोमाञ्चक बनेको छ ।

महिलाको पहिरन र मेकअपमा विपिन देखिँदा भिडयो ठठ्यौली र रमाइलो पनि देखिएको छ । यो रत्यौलीको परम्परा र विश्वास पनि हो ।
‘कर्मा’मा विपिन र उपासनासँगै मुकुन भुसाल, सरिता गिरी, दिव्यदेव, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतका कलाकारको अभिनय छ ।

‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ । सिनेमाको कथा निर्देशक सौरभ चौधरी स्वयंले लेख्नुभएको छ । ‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ ।

यो चलचित्रमा भाष्कर स्वारको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।
तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको चलचित्रमा समीर मियाको भिएफए, उत्तम न्यौपानेको ब्याकग्राउण्ड स्कोर, शाहिल खानको टिजर-ट्रेलर, विजय बस्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट हुनुहुन्छ ।

आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’ मा वसन्त लम्सालको लगानी छ । आर्टिस्टिक इन्टरटेनमेन्टले निर्माण गरेको यो पहिलो चलचित्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?