
अघिल्लो मंगलबारबाट क्रमशः
३. धरानदेखि बाल सुबोधिनीसम्म:–
गुरु भोलिपल्ट पाँच दिनपछि आउने वचन दिँदै पानवारी खेतीतर्फ जानुभयो । ताप्लेजुङ जाने निधो भएपछि मैले पिण्ठेश्वर जान परेन । आमा र दिदी मेरा निम्ति चाहिने सामग्री जुटाउन व्यस्त हुनुभयो भने म उहाँहरू को अगाडि पछाडि रमाउँदै हिँड्नुमै दंग भएँ । पाँच दिनपछि गुरु आउनुभयो र हामी ताप्लेजुङतर्फ प्रस्थान ग¥यौँ । त्यसबेला घरानबाट ताप्लेजुङ पुग्न तीन/चार दिनको पैदल यात्रा गर्नु पर्दथ्यो । पहिलो रात हामी धनकुटामा बास बस्यौँ । दोस्रो दिन म थाकेकोले गुरुले तीनजुरे कटेपछि माङ्लबारे चौकीमा यौटा गोठमा बास मिलाउनुभयो । हामीलाई मुढाका धुनीको छेउमै सुत्ने व्यवस्था गरिदिएकोले लाग्छ हाम्रो यात्रा जाडोको समयमा थियो । हामीले त्यहाँ दूध र चिउराले छाक टा¥यौँ । आधा रातमा मलाई पिसाबले च्यापेछ । म बिउँझिएँ र बाहिर निस्किएँ । बाहिर खुबै जाडो थियो । केही पर चउरमा गएर पिसाब फेर्न सुरुवालको इजार खोल्न खोजेँ तर हात कठांग्रिसकेका रहेछन् । मैले कठांग्रिएका हातले इजार खोल्न सकिन र अन्ततः सुरुवालमै पिसाब फेरेँ । मलाई गुरुले थाहा पाउनुहुन्छ कि ? भन्ने आपत आइलाग्यो । म डराउँदै भित्र ओछ्यानमा गएर आगोको छेउमा बसेँ र सुरुवाल तथा भित्रको कट्टु सुकाएँ । एकडेढ घण्टामा लुगा सुके त्यसपछि म पुनः सुतेँ । भोलिपल्ट हामी हिम श्रृखाका दृश्यमा रमाउँदै लाम पोखरी, गुफा पोखरी भीमसेनले फ्केँरका ढुंगालाई पछाडि पार्दै अन्ततः बेलुका साँधुमा अवस्थित गुरुको घरमा पुग्यौँ ।
अविकसित देश विकास र प्रविधिको पहुँचमा पुग्न केही पर्खनैपर्ने बाध्यता हुन्छ । त्यसैले काल र परिस्थितिअनुसार चिठी पत्रहरू हुलाक र चिनजानका मानिसमार्फत आउने र जाने गर्दथे ।
गुरुको निवासमा दुईदिन बसेर थकाइ मारेपछि तेस्रो दिन बिहानको खाना खाएर ताप्लेजुङ मेदीबुङका लागि गुरु र मेरो यात्रा पुनः सुरु भयो । करिब ३ बजेतिर हामी दोभानमा पुग्यौँ । यो स्थान तमोर नदी र मैवा खोलाको संगम रहेछ । त्यहाँ तमोर नदी तर्न बनाएको झोलुंगे पुल तरेर मेदीबुङ पुग्नुपर्ने रहेछ । म विकल्पविहीन पासोझैँ लाग्ने झोलुङ्गे पुल तर्न थालेँ । म जति जति पाइला सार्दै अगाडि बढ्न थालेँ उति उति पुल पनि उभो कुद्न थालेको प्रतीत हुन थाल्यो । मेरो दृष्टि र मन दुवैमा त्यस बखत तमोरको पानी बहेको नभएर पुल कुदेको आभाष भयो । म आत्तिएँ मेरा हात खुट्टा अचलझैँ भए मेरो मुटु ढक्क फुल्यो । आफू पुलको बीचमा पुग्दा नपुग्दा मलाई जीवनको अन्तिम दिन आजै रहेछ भन्ने महसुस भएको अनुभूत भयो । मैले पारी हेरेँ अझैँ टाढा छ । म पुलको साङ्लो समाएर ठिंग उभिए । पिङझैँ हल्लिएको पुलबाट म खस्ने भए भनेर मनमनै रामनाम जप्नथाले । यही बेला केही पछाडि आउँदै गर्नुभएका गुरुले मेरो मर्म बुझ्नुभएछ । गुरुले तुरुन्त मलाई तल नहेरी पारी हेरेर हिँड् अन्यथा रिँगटा लाग्नेछ भनेर अलि सारो आवाजमा भन्नुभयो । गुरुको यो वचन मलाई रामवाण भयो । म तुरुन्त सतर्क भएँ र विस्तारै पारि हेर्दै पाइला चाल्न थालेँ । अन्ततः निकै ढिलै भए पनि ठूलै मानसिक कष्टकासाथ पुलपारि पुगे । म पारि पुगेर थचक्क बस्ता नबस्दै गुरु आएर छेउमा बस्नुभयो र डर लाग्यो ? भनेर सोध्नुभयो । मैले दबेको आवाजमा सारै डरलाग्दो रहेछ भनेँ । उहाँले सबैतिर यत्तिका पुल पनि छैनन् तिमी डराएर तलतिर हे¥यौँ त्यसैले तिमीलाई रिँगटा लागेर त्यस्तो लागेको हो भन्नुभयो । मैले निरुत्तर गुरुलाई हेरि मात्र रहेँ । केही थकाइ मरेपछि हामी उकालो लाग्यौँ र करिब एकघण्टा पछि साँझमा मेदिबुंगको बाल सुबोधिनी विद्यालयको छात्राबासमा पुग्यौँ । गुरुले मलाई एक खाट देखाउँदै अब एकराज र तिमी त्यही खाटमा सुत्ने भन्नुभयो र गोडा धोएर विश्राम गर भन्नुभयो ।
हामी छात्रवासमा प्रवेश गर्नासाथ दाई हरिराज र मित्र एकराजसँग भेट भयो । उहाँहरूसँग भेटभए पछि मलाई कुनै नौलो ठाउँमा भएको जस्तो लागेन । मन एक प्रकारले प्रशन्न भयोे । म मेदीवुंग छात्रावासमै बसेर नियमित छात्रका रुपमा पढ्न थालेँ । त्यसबेला त्यहाँको प्राचार्य पशुपति भट्टराईका हुनुहुन्थ्यो जो आफैँमा योग्य व्यक्तित्व हुनुहुन्थ्यो । गुरुहरू पं. बैजनाथ भट्टराई, गंगाप्रसाद लम्साल, हरिहर गुरगाईं, गंगा गुरगाईं, टंक पौडेल र पशुपति गुरुकै दाजु र भाइका साथ अन्य केही शिक्षकहरू उहाँका सहयोगी हुनुहुन्थ्यो । केही दिनमा नै म विद्यालयका साथीहरूका बीचमा धराने भनेर परिचित भए । छात्रवासका साथीहरू पनि आत्मीय बन्दै गए । विद्यालय दिउसो आउने साथीहरू पनि मप्रति आकर्षित भए यसरी दिन प्रतिदिन साथीहरूको संख्या बढ्दै गयो । छात्रवासको एक कोठामा गुरु वैजनाथ, हरिराज, एकराज र म बस्दथ्यौँ । अरू चार पाँच कोठामा दाइ टंक भण्डारी (पछि महीधराचार्यका नामले प्रख्यात) खेम कोइराला बन्धु, डिल्ली घिमिरे, धनपति पराजुली लेखनाथ घिमिरेका साथमा साथीहरू मोती भण्डारी (पछि मदन भण्डारीका नामले सुपरिचित जननेता) तुलसी भट्टराई, इन्द्र काफ्ले, डिल्ली काफ्ले, कोमल घिमीरे, हरिनारायण भट्टलगायत १०/१५ जना विद्यार्थीहरू बस्नुहुन्थ्यो । अहिलेको जस्तो सञ्चार र मनोरजञ्नका साधनको अभाव भए पनि लम्सीका दानालाई गुच्चाका रूपमा हामी खेल्थ्यौँ । खेलकुदमा मुख्य खेलका रूपमा एक मात्र भलिबल थियो । छात्रवासमा मित लगाएर नरिवल बाढ्ने चलन पनि एक प्रकारको मनोरञ्जनको साधन नै बनेको थियो जसले एक प्रकारको आनन्द प्रदान गर्दथ्यो । मुड्कीले हानेर नरिवलका टुक्रा बनाउने र टुक्रा गनेर बाजी जित्ने र हार्ने चलन खुबै थियो । यसरी बाजी थाप्ने काममा यदाकदा छात्रवास बाहिरका साथीहरू सागर मणी लम्साल र सूर्य पोख्रेल पनि सहभागी हुने गर्दथे । नरिवलको बाजीमा हारजित भएपछि सबैले नरिवल पाउने भएकाले प्रायः हामी सबै एकत्रित भएर सहभागी हुने गर्दथ्यौँ । सातआठ महिना जति मैले गुरुकै मेसमा छ/सात महिना खाना खाएँ । पछि गेहनाथ बरालको छोराले धरान हाम्रो घरमाराई खाना खाने र मैले मेदीवुङमा उहाँहरू को भरमा खाना खाने अभिभावकले मिलाउनु भएछ र म खानाखान बिहान बेलुका त्यहाँ जान थाले ।
खेलकुदमा मुख्य खेलका रूपमा एक मात्र भलिबल थियो । छात्रवासमा मित लगाएर नरिवल बाँड्ने चलन पनि एक प्रकारको मनोरञ्जनको साधन नै बनेको थियो जसले एक प्रकारको आनन्द प्रदान गर्दथ्यो । मुड्कीले हानेर नरिवलका टुक्रा बनाउने र टुक्रा गनेर बाजी जित्ने र हार्ने चलन खुबै थियो ।
गुरुसँग रमाएर म बाल सुबोधिनी मेदीवुङ पाठशालामा पूर्वमध्यमाको तयारीमा लागिरहेकै थिए । त्यसबेला मेरो उमेर केवल बाह्रतेह्र बर्षको मात्र थियो तथापि ममा खै के प्रतिभा देखेर हो गुरुहरूले मलाई पाठशालाको विद्यार्थी संधको उपाध्यक्ष बनाउनुभएको थियो । संघमा म बाहेकका अध्यक्षमा शक्ति लुइटेल रामचन्द्र गौतम आदी थिए ।
अविकसित देश विकास र प्रविधिको पहुचमा पुग्न केही पर्खनैपर्ने वाध्यता हुन्छ । त्यसैले काल र परिस्थिति अनुसार चिठी पत्रहरू हुलाक र चिनजानका मानिसमार्फत आउने र जाने गर्दथे । एकदिन एका बिहानै म घरबाट चिठी आयो कि ? भन्ने सोचले फुङलिङ बजार गएको थिए । चिठी हेर्न हुलाक खुल्न केही समय बाँकी रहेकाले त्यहाँको राम्रो ठाइलाको चिया पसलतिर लम्कँदै गर्दा एकजना बुढी आमाले ‘नानी ∕ यो चिठी मेरा छोराले पठाएको भनेर यहाँ दोकान गर्ने मेरा गाउँका साहुले दियो यो पढिदेउन ?’ भन्दै मतिर खाम तेस्र्याइन । मैले हातमा खाम लिएर अग्रेजीमा ठेगाना भएकाले अप्ठेरोसँग कन्दै पढ्न थालेँ त्यही समयमा फुङलिङ तोक्मे डाडाको भानु हाइस्कुलमा पढ्ने एउटा केटा अगाडि आयो र मेरो हातबाट खाम तानेर फर्रर ठेगाना पढी दियो आमाका मुहारमा खुसीका धाम लागे । आमा अनुरोधमा उसले चिठी पढिसक्यो म मूर्तिवत दर्शक भएर उभिए । चिठी सुनिसकेपछि आमा खुसीले आशीवार्द दिँदै आफ्नो बाटो लागिन् तर म भने बाटो हराएको पथिक भए । यो घटनाले मलाई निक्कै घोच्यो मैले आफूलाई निरक्षर सम्झिए र मैले तुरून्त धरान फर्किएर अग्रेजी पढ्ने निर्णय गरे । म पुनः धरान फर्किएँ ।
-क्रमशः
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच