इलामका किसान तरकारी खेतीमा आकर्षित

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 5 mins

इलाम । दक्षिणि इलामको चुलाचुली गाउँपालिका भित्रका किसान व्यवसायीक तरकारी खेतीमा आकर्षित भएका छन् । चुलाचुलीमा उत्पादन भएको तरकारी झापाका बजारमा पुर्‍याउन सहजभए सँगै किसान तरकारी खेतीमा आकर्षिक भएका हुन् ।

झापाका बजारमा ताजा तरकारीको माग बढेसँगै झापासँग जोडिएको इलामको चुलाचुली गाउँपालिका क्षेत्रका कृषकहरु व्यवसायीक तरकारी खेतीमा आकर्षित छन् । झापाको दमक, बिर्तामोड लगायत कृषि बजारहरुमा तरकारीको माग बढेसँगै चुलाचुलीमा खेती बढ्दै गएको हो ।

बजारको समस्या नहुने र व्यवसायीले घरबाटै तरकारी खरिद गर्ने भएकाले कृषकहरु तरकारी खेतीतर्फ आकर्षित छन् । चुलाचुलीका किसानले मौसमी र बेमौसमी तरकारी खेतीगर्दै आएका छन् । किसानले बन्दाकोपि, काउली, टमाटर, सिबि, आलु खेती गर्दैका आएका हुन् । किसानले बढी मात्रामाटमाटर खेतीगर्दै आएको चुलाचुली ४ कि किसान इन्द्रा बस्नेतले बताउनुभयो ।

चुलाचुली मदन भण्डारी राजमार्गले जोडिएको छ । जसका कारण उत्पादित तरकारी बजार पुर्याउन सहज हुन्छ । उत्पादन भएको तरकारी घरबाटै व्यापारीले उठाउने भएकाले आम्दानि राम्रो हुने गरेको हो । खाध्य बाली धान मकै भित्र्याए पछि हिउँदमा किसानले व्यवसायीक तरकारी खेतीगर्दै आएका हुन् । आफ्नो जग्गामा प्रायःकिसानले तरकारी खेती गरेका छन् । सहजै बजार उपलब्धताले ठुला लगानीका कृषि फार्महरु पनि चुलाचुलीमा स्थापना हुने क्रम बढेको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ्गले बताउनुभयो ।

तरकारी बेचेर एक परीवारले मासिक ३० हजारदेखि ५० हजारसम्म आम्दानी गर्दै आएका छन् । भारतबाट नेपाल आयात भएको तरकारी ओईलाएको र विषादिको प्रयोग बढि हुने भएकाले इलाम चुलाचुलीको तरकारीले झापाका बजारमा प्राथमिकता पाएको छ । तरकारी खेतिमा संलग्न किसानलाई चुलाचुली गाउँपालिकाले प्रोत्साहन गर्दै आएको छ ।

अकबरे खोर्सानीको अचार उत्पादन इलाममा बढ्दै

पछिल्लो सयम रूचाइएको खुर्सानीको प्रजातीमध्येको एक अकबरेको व्यवसायीक उत्पादन बढ्दो छ । अकबरे खुर्सानी संकलन गरि अचार बनाउने उद्योग खुलेपछि इलाममा अकबरे खोर्सानीको व्यवसायीकता बढेको हो ।

‘६ अ’ को खेती र उत्पादनका लागि अग्रणी जिल्ला इलाममा अहिले अर्को ‘अ’ थपिएको छ, त्यो हो अकबरे खुर्सानी । इलाममा अकबरे खुर्सानीमा किसानको आकर्षणसँगै उत्पादन पनि बढेको छ । जसबाट उनीहरुले राम्रो आम्दानी गरिरहेका छन् ।

अहिले खोर्सानी किन्न व्यापारीहरू किसानको बारीसम्मै पुग्न थालेका छन् । व्यापारीहरु नै बारीमा खोर्सानी खरिदका लागि पुग्न थालेपछि खोर्सानीको मूल्य समेत बढेको छ । खोर्सानी संकलन गरि अचार उत्पादन गर्ने उद्यमीको संख्या पनि बढेको छ ।

इलाम नगरपालिका ७ कि कमला बास्कोटाको उद्योगमा हरेक वर्ष २० हजार किलो अकबरे संकलनबाट अचार उत्पादन हुन्छ । उद्योगले अकबरे खोर्सानी यो वर्ष ३ सय ७५ देखि ४ सय रुपैयाँमा खरिद गर्दै आएको छ । संकलन भएको अकबरे खोर्सनी एक वर्षमा बिक्रि गर्नुपर्ने हुन्छ । उद्यमीले अकबरे ड्रममा पानी र नुनमा भिजाएर राख्ने गर्छन् । अकबरे खोर्सानी नुनमा भिजाएर दाना, पिसेको पेष्ट, अचार, दाना फुटाएर र सुख्खा बनाएर बिक्रि गर्ने गरेको उद्यमी कमला बास्कोटाले बताइन् ।

इलामका १० स्थानिय तह मध्ये ८ स्थानीय तहका ३ सय परिवार एकल र सामूहिक रुपमा व्यावसायिक अकबरे खोसार्नी खेतीमा संलग्न छन् ।
थोरै लगानी, धेरै आम्दानी र सहज बजारका कारण पनि किसान खोर्सानीमा आकर्षित भएका छन् । अकबरे खुसार्नी अति पीरो र सुगन्धका कारण पनि धेरै नै रुचाइन्छ । इलममा १ सय ७० हेक्टरमा ७ सय १४ मेट्रिक टन अकबरे खोर्सनी उत्पादन हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?