टिचिङ अस्पतालबाट हत्कडीसहित फरार कैदी लुभुबाट पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । त्रिवि शिक्षण अस्पतालबाट फरार भएका ललितपुरस्थित नख्खु कारागारमा कैद भुक्तान गरिरहेका कैदी ललितपुरको लुभबाट पक्राउ परेका छन्।

कर्तव्य ज्यानको कसुरमा नख्खु कारागारमा कैद भुक्तान गरिरहेका रामेछापका ३८ वर्षीय भोला बुढाथोकी बुधबार अस्पतालबाटै फरार भएका थिए। जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले उनलाई आज बिहान पक्राउ गरेको हो।

बिरामी भएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ) लगिएकोमा उनी अस्पतालबाटै फरार भएका थिए। उनी एक हातमा हत्कडी नै भएको अवस्थामा फरार भएका थिए ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले नख्खु कारागारको सुरक्षाका लागि खटिएका प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान सुरु गरेको थियो। उक्त घटनालाई लिएर कैदीबन्दीको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई समेत निलम्बन गरिएको छ।

कैदीबन्दी फरार घटनाको सम्बन्धमा अध्ययन गर्न कार्यालयका प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

उनी २०७२ सालमा रामेछाप कारागारबाट नख्खु कारागार आइपुगेका थिए। २० वर्ष कैद सजाय सुनाइएका बुढाथोकीले १० वर्ष कैद भुक्तान गरिसकेका छन्।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?