
झापा । पूर्व मुख्यसचिव दामोदरप्रसाद गौतमको ७८ वर्षको उमेरमा निधन भएको छ । उहाँको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो । उहाँ केही समय अघिदेखि कलेजोसम्बन्धी रोगको उपचार गरिरहनु भएको थियोे ।
तत्कालीन समय २०४१ सालदेखि ०४३ सालसम्म सरकारको मुख्यसचिव रहनुभएका गौतमले अमेरिकाको लागि नेपाली राजदूतको जिम्मेवारीसमेत सम्हाल्नु भएको थियो । मुलुकको प्रशासनिक र अमेरिकासँगको सम्बन्ध सुधारमा उहाँको भूमिका उल्लेख्य मानिन्छ ।
सुधारवादी छविको उहाँ सेवा निवृत्त भएपछि सामाजिक कार्यमा सक्रिय भएर लाग्नुभएको थियो । कूटनीतिक क्षेत्रका अब्बल जानकार र कुशल राष्ट्रसेवक गौतम काठमाडौंमा बस्दै आउनुभएको थियो । उहाँको पुख्र्यौली घर धादिङ हो ।
गौतम वंशावली प्रकाशनमा गहन भूमिका निर्वाह गर्नुभएका उहाँले गौतम समाजको सांगठनिक नेतृत्वसमेत गर्नुभएको थियोे । उहाँले गौतम समाज झापाको अक्षयकोषका लागि एक लाख, ११ हजार १११ रुपैयाँ प्रदान गर्नुभएको गौतम समाज झापाका अध्यक्ष नीतिरमण गौतमले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच