
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्कबहादुर रोकाया, निमित्त प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गलत लिखत तयार एवं सरकारी कागजात नोक्सान गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध आज बिशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार गाउँपालिका वडा नम्बर ४ स्थित सिम्लका घट्ट सिँचाई कुलो निर्माणमा अघिल्लो वर्ष सम्पन्न भएको कामको आर्थिक वर्ष २०७७/०७८ मा कुनै पनि काम नगरी भुक्तानी लिएको भन्ने उजुरी आयोगमा परेको थियो ।
अनुसन्धानका क्रममा सिम्लका घट्ट सिँचाई योजना आव २०७६/०७७ मा सम्पन्न भइसकेको पाइएको थियो ।तर, २०७७\०७८ को वार्षिक योजना किताबमा नभएको तथा योजनालाई उपभोक्ता समिति र गाउँपालिकाबीच सम्झौता, लागत अनुमान, मूल्याङ्कनसहितको झुट्टा कागजात तयार गरी भुक्तानीको सिफारिस गरिएको पाइएको आयोगले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच