
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१ चौकीटोलमा देवरले भाउजुको हत्या गरेका छन् । २२ वर्षीय राहुल दासले बुधबार आफ्नी जेठी भाउजु ३५ वर्षीया गुडिया दासको खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार राहुलले माइलो दाइ २८ वर्षीय रुपेश दासलाई पनि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । घरायसी सामान्य विवाद हुँदा खुकुरी प्रहार गरेका थिए।खुकुरी प्रहार गर्दा टाउको, दाहिने हात, करङको भागमा चोट लागी गम्भिर घाइते भएका छन् ।
तीन दाजुभाइमध्ये जेठो रोशन दास रोजगारीको सिलसिलामा ५ महिनाअघि कतार गएका थिए । ३ सन्तानकी आमा गुडियालाई राहुलले खुकुरी प्रहार गरी घरमै हत्या गरेको प्रहरीले जनाएको छ । बुधबार राति ९ बजे उनको हत्या भएको प्रहरीले थाहा पाएको थियो । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
शव घटनास्थलमा नै रहेको र घाइतेको सहकारि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच