
काठमाडौं । लिट्मस इण्डष्ट्रिज लिमिटेडले ‘लिट्मस २.०’ अन्तर्गत एक ऐतिहासिक उपलब्धि हासिल गर्दै नेपालको पहिलो एल्युमिनियम रड उत्पादन उद्योगको औपचारिक सुरुवात गरेको छ । नवलपरासीको रामग्राम हकुईस्थित अत्याधुनिक उद्योगले नेपाली बजारमा हुने एल्युमिनियम आयात प्रतिस्थापन तथा न्यूनीकरण गर्दै त्यसको उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ उत्पादन सुरु गरेको हो । उक्त उत्पादन प्लान्ट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले उद्घाटन गर्नुभएको थियो ।
हाल नेपालमा तार, केबल र कण्डक्टर निर्माणमा प्रयोग हुने एल्युमिनियम रड आयातमार्फत् पूर्ति हुँदै आएको छ । प्लान्टको सञ्चालनले एल्युमिनियम रडको आयात परनिर्भरतालाई उल्लेख्यरूपमा घटाउनुका साथै देशभित्रै उच्च गुणस्तरको एल्युमिनियम रडको नियमित आपूर्ति प्रत्याभूत गर्ने बताइएको छ । एल्युमिनियम रडको स्वदेशमै उत्पादन गरेर लिट्मसले नेपालको व्यापार घाटा केहीमात्रामा भए पनि न्यूनीकरण गर्ने उद्देश्यका साथै सरकारी राजस्व बचतबाट राष्ट्रिय अर्थतन्त्रमा हुने हितलाई पनि ध्यानमा राखेको छ ।
उद्योगका अनुसार आर्थिक पक्षसँगै परियोजनाले उत्पादन, ढुवानी र बिक्रीलगायतका क्षेत्रमा सयौं प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्नेछ । लिट्मसले प्राविधिक ज्ञान अभिवृद्धि गर्ने तालिम तथा दक्ष जनशक्ति विकास कार्यक्रम पनि अघि सारेको छ, जसले दीर्घकालीन औद्योगिक विकासमा टेवा पुर्याउनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच