
अर्घाखाँची – अर्घाखाँचीको मालारानी गाउँपालिका–३ ढुङ्गाडे स्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
मालारानी गाउँपालिका–४ लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप अनियन्त्रित भई सडकबाट करिब २००–२५० मिटर तल खसेको हो।
दुर्घटनामा गम्भीर घाइते भएका चालक दिलिप खनाल र बालकृष्ण रिजाललाई उपचारका क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा चिकित्सकले मृत घोषणा गरेका छन्।
घटनापछि ईलाका प्रहरी कार्यालय खनका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको टोलीले घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल पठाएको थियो।
अन्य दुई घाइतेको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक चत्र बहादुर मल्लले जानकारी दिनुभयो।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच