
-सरोज निरौला
उदयपुर । प्रहरीले लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित ४ जनालाई त्रियुगा नगरपालिका ९ स्थित रातमाटेबाट पक्राउ गरेको छ ।
गाईघाट देखि साउने तर्फ जादै गरेको बा ११ च ९४११ नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा ६.७३ ग्रामब्राउन सुगर जस्तो देखिने पदार्थसहित राति ११ .४० बजे उनिहरुलाई पक्राउ गरिएको एसपि हरिहरनाथ योगीले बताउनुभयाे ।
पक्राउ पर्नेहरुमा गाडीका चालक भक्तपुर मध्यपुर ठिमी नगरपालिका २काबर्ष ३१ काआशिष् जोशी, गोर्खा नगरपालिका-७ का बर्ष २५ का सबिन गान्दारी मगर, सोलुखुम्बु घर भै भक्तपुर सुर्यबिनायक नगरपालिका-९बस्ने २१ बर्षिय बरबिन खत्री र सुनसरी बराहक्षेत्र नगरपालिका ११ का एलिया बलम्पाखी मगर रहेका छ्न् ।
एसपी योगीले बरामद पदार्थ ब्राउन सुगर असली या नक्कली के हो भन्ने बारे केहि नखुलेको तर अनुसन्धानगर्ने काम भैरहेको बताउनुभयाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच