
रौतहट । जिल्लाको सदरमुकाम गौर स्थित राइसमिलको खेल मैदानमा रौतहट प्रिमियर लिग (आरपीएल) को पहिलो संस्करण आज मंगलवारदेखि सुरु भएको छ । उद्धघाटन खेलमा गौर वारियर्सलाई ५ विकेटले पराजित गर्दै तराई टाइगर्सले विजयी सुरुआत गरेको छ ।
क्रिकेट खेलको क्रेज दिनदिनै बढ्दै गएको र आउने दिनमा रौतहट जिल्लाका क्रिकेट खेलाडी राम्रो प्रदर्शन गर्दै राष्ट्रियस्तर सम्म पुगेर रौतहटको मान बढाउन उद्धघाटन सभाका प्रमुख अतिथि गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले सबैमा शुभकामना दिनुभयो ।
उद्धघाटन सभालाई सम्बोधन गर्दै नगर प्रमुख साहले यो प्रतियोगिता यहाँका स्थानिय खेलाडीहरुको लागि उपयोगी हुने बताउनु भयो । वहाँले यस प्रतियोगितामा राष्ट्रिय तथा प्रदेशस्तरका अनुभवि खेलाडीहरुसंग खेल्न पाउँदा यहाँका स्थानीय खेलाडीहरुलाई बढी फाइदा हुने भन्नुभयो ।
कार्यक्रमलाई विशिष्ट अतिथिको रुपमा सम्बोधन गर्दै रौतहटका प्रमुख जिल्ला अधिकारी विनोद खड्काले खेलको माध्यमबाट युवाहरुलाई स्वस्थ र अनुशासित बनाउने र युवाहरुको स्वस्थ अनुशासित जिवनशैलीबाट राष्ट्र निर्माणमा महत्वपुर्ण योगदान दिने भएकोले यस प्रतियोगितालाई अत्यन्त अनुशासित मर्यादित तरिकाले सम्पन्न गरि रौतहटको खेलमा पहिचान पाउन रौतहट क्रिकेटसंगको सफलताको कामना गर्न भयो ।
प्रजिअ खड्काले बलिङ र मेयर साहले ब्याटिङ गर्दै सुरु भएको आरपीएलको पहिलो संस्करणको उद्धघाटन खेलमा टस जितेर पहिले बैटिंग गर्दै गौर वारियर्सका टिमले २० ओभरमा ९ विकेट गुमाउदै १३९रनको लक्ष्य दिएको थियो । गौर वायिर्सको लागि सुरज पटेलले सर्वाधिक ३० रनको योगदान दिएका थिए । जवाफी ब्याटिंग गर्न आएका तराइ टाइगर्सका टिमले १९ ओभरमा ४ विकेटको क्षतिमा १४३ रन बनाउँदै विजयी सुरुआत गरेको हो ।
तराइ टाइगर्सका तिरित राज दास ३१ रन बनाउदै २ विकेट लिन सफल भइ मैन अफ द मैच भएका छन् भने राष्ट्रिय खेलाडी अनिल साहले नबाद २५ रन बनाउदै आफ्नो टिमलाइ विजयी बनाउन अहम भुमिका खेलेका थिए ।
रौतहटमा पहिलो पटक सुरु भएको रौतहट प्रिमियर लिग (आरपीएल)का पाँच वटा टिमहरु गौर वारियर्स,तराइ टाइगर्स,कटहरिया बोल्टस्,राजदेवी सुपर किंग्स र गुजरा राइडर्स सहभागी भएका छन् ।
( आरपीएल ) को पहिलो संस्करणमै राष्ट्रिय स्तरका क्रिकेट खेलाडीहरु सहभागी भए पछि खेल प्रेमीहरु इस प्रतियोगिता तर्फ आकर्षित भएको रौतहट क्रिकेट संघका सचिब प्रमोद साहले बताउनु भयो ।
क्रिकेट प्रतियोगितामा तराइ टाइगर्सको तर्फबाट नेपाल क्रिकेट टिमका राष्ट्रिय तथा जनकपुर बोल्टसका कप्तान अनिल साह तथा जनकपुर बोल्टसका खेलाडी अरनिको यादब लगायतका खेलाडीहरु गरुडा टिमका लागि खेलेका छन् ।
भोली वुधवार प्रतियोगिताको दोस्रो खेलमा राजदेवी सुपर किंग्स र गुजरा राइडर्स विच प्रतिस्प्रधा हुनेछ ।
रौतहट क्रिकेट संघको उपाध्यक्ष मनोज शर्माको अध्यक्षतामा भएको उद्धघाटन कार्यक्रम रौतहट प्रहरी उपरीक्षक दिलिप घिमिरे, नेकपा एसका नेता रेवन्त झा सहित रौतहट क्रिकेट संघका पदाधिकारीहरु, प्रतियोगितामा सहभागी टिमका स्पाेन्सर लगायत बुद्धजिवी, संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच