
रौतहट । रौतहट प्रहरीले चार किलो भन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ ।
रौतहटको चन्द्रप्ुर नगरपालिका वडा नम्बर ७ बनबहुअरी बस्ने सुरेन्द्र साहको घर खानतसाली गर्दा साह सुत्ने कोठाबाट चार किलो एक सय ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
साहले आफ्नो घरमा लागुऔषध गाँजा राखेको गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी गस्ती टोलीले साह सुत्ने कोठामा लुकाइछिपाइ राखेको अवस्थामा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका सह प्रवक्ता तथा प्रहरी निरीक्षक उमाशंकर प्रसाद गुप्ताले जानकारी दिनुभयो ।
लागुऔषध गाँजा फेला परे पछि प्रहरीले पचास बर्षिय सुरेन्द्र साहलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका साहलाई रौतहट जिल्ला अदालतबाट म्याद लिइ आवश्यक थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको । पक्राउ परेका साहले आफ्नै घरबाट गाँजाको विक्री गर्दै आएको बुझिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच