
स्याङ्जा । पुतलीबजार नगरपालिका पशु सेवा शाखाको आयोजनामा नगरपालिकाका बाख्रा पालक किसानलाई बोयर जातका बोकाहरु बितरण गरिएको छ ।
आर्थिक बर्ष २०८१/८२ को बार्षिक नश्ल सुधार कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा बोका वितरण गरिएको हो । नश्ल सुधार गरी उत्पादनमा वृद्धि गर्ने उदेश्यले बोयर जातका बोकाहरु वितरण गरिएको हो । नगरपालिकाले आवेदन माग गरेपश्चात् १८ जना बाख्रापालक किसानलाई बोका प्रदान गरिएको हो ।
बोका प्रदान गर्दै नगर प्रमुख तुलसीराम रेग्मीले पशुपालक कृषकहरुलाई उद्यमशिलतामा जोड्ने अभिप्रायका साथ उन्नत जातका बोका वितरण गरिएको बताउनुभयो । उहाँले आफ्नो समुदायमा सुपथ मुल्यमा मासु बिक्रि वितरण गर्न समेत लाभान्वित कृषकहरुलाई अनुरोध गर्नुभयो । नगर प्रमुख रेग्मीले कुनै पनि आग्रह पुर्वाग्रह नराखिकन बोयर बोका वितरण गरिएको बताउनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख देवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गाना, पशु सेवा शाखाका डा. अनिल गौतम, कास्कीका बाख्रापालक किसान दुर्गाबहादुर गुरुङलगायतले बाख्रापालन गरी राम्रो आम्दानी लिन सकिने बताउनुभयो ।
नगर प्रमुख तुलसीराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पशु सेवा शाखा प्रमुख पुष्पराज अधिकारीले गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच