
हेटौंडा । हेटौंडामा स्कुटरले ठक्कर दिदा पैदल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौडा– १६ गुरुधामचोक बस्ने ७६ वर्षिय अनिरुद्र बस्ताकोटि रहेका छन् ।
बिहीबार राती हेटौडा– १६ गुरुधामचोकस्थित धरानचतरा सडकखण्डमा ठुलोदमारबाट हटिया तर्फ आउदै गरेको बा.प्र.०३ –०४ प ९५२६ न. को स्कुटरले पैदल यात्रिलाई ठक्कर दिई घाईते भइ उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार राती ८ः२० बजेको समयमा सडकखण्डमा ठुलोदमारबाट हटिया तर्फ आउँदै गरेको बाप्र०३–०४ प ९५२६ न. को स्कुटरले पैदल यात्रिलाई ठक्कर दिएको हो। उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
बस्ताकोटिलाई उपचारको लागि हेटौडा अस्पताल ल्याइएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि चितवन रिफर गरिएको थियो ।
स्कुटर चालक हेटौंडा – १७ ठुलोगँगटे बस्ने वर्ष २७ को सन्दिप थापा कानको भाग, दाँया आँखामा र कम्मरको भित्रि भागमा चोट, अवस्था मध्यम चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
स्कुटर स्कुटर प्रहरीको नियन्त्रणमा रहेको र शव सोही अस्पतालमा रहेको जानकारी दिइएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच