
ओखलढुंगा । जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख टेकराज भट्टराईको नेतृत्वमा जिल्लाका योजना कार्यान्वयन गराउन मन्त्रालयमा डेलीगेसन गएका छन् । जिल्लाका विभिन्न योजनाहरु सन्चालनका लागि बजेट ब्यवस्थापन गरिदिन माग गर्दै बिहिबार कोशी प्रदेशअन्तर्गतका मन्त्रालयमा डेलीगेसन गएका हुन् । जिल्ला सभाले प्रस्ताव गरेका र पास गरेका योजनाहरुको कार्यान्वयन गर्न आवश्यक बजेटको व्यवस्थाको माग गर्दै मन्त्रालयहरुमा डेलीगेसन गएको जिसस प्रमुख भट्टराईले बताउनु भयो ।
भौतिक पूर्वाधार मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा योजनाको बजेट ब्यवस्थापन गर्न माग गरिएको छ । जिल्ला भित्रका विभिन्न पर्यटन विकास तथा भौतिक निर्माणका योजनाहरु सम्पन्न गर्न बजेट ब्यवस्थापनको माग गर्दै डेलीगेसन गएको सदस्य गोपालमान थापाले जानकारी दिनुभयो । जिल्लाको जलजलेश्वर महादेव मन्दिर निर्माण गरी पर्यटन विकास गर्न र जिल्ला समन्वय समितिको हाताभित्र सुविधा सम्पन्न सभाहल निर्माण गर्न बजेटको व्यवस्थापनका लागि भौतिक पूर्वाधार मन्त्रालयमा माग गरिएको छ । त्यसै गरि जिल्लाको शैक्षिक गुणस्तर बृद्धिका लागि आधारभूत तह (१-३) नयाँ पाठ्यपुस्तक छपाइका लागि आवश्यक बजेट व्यवस्थापन गर्न माग गरिएको छ ।
त्यसै गरी जिल्ला अस्पताल रुम्जाटारलाई स्तारोन्नती गर्दै १ सय बेडको बनाउन, निरन्तर अप्रेशन थिएटर (OT) सन्चालन गर्न, एक्स-रे मेसिन खरिद गर्न र एम्बुलेन्स खरिदका लागि आवश्यक बजेटको व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयमा माग गरिएको छ । जिल्लामा रहेका आठैवटा स्थानीय तहमा कृषि उपज संकलन केन्द्र निर्माण गर्न उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा मागपत्र बुझाइएको छ ।
ओखलढुंगा जिल्लाको यो आर्थीक वर्षमा बसेको जिल्लासभाले प्रस्ताव गरेका र पास गरेका योजनाहरुको कार्यान्वयन गर्न माग गर्दै प्रदेश मन्त्रालयहरुमा डेलीगेसनमा गएको प्रमुख भट्टराईले बताउनु भयो । मन्त्रीहरुले अबको आर्थिक वर्षमा बजेटको व्यवस्थापन गरी योजनाहरु कार्यान्वयन गराउने प्रतिबद्धता जनाएको उपप्रमुख तारादेवी कार्कीले जानकारी दिनुभयो । जिल्ला समन्वय समितिका प्रमुख टेकराज भट्टराईको नेतृत्वमा उपप्रमुख तारादेवी कार्की, सदस्य गोपालमान थापा, अस्पताल व्यवस्थापन समिति सदस्य इच्छाकुमारी गुरुङलगायतको टिम डेलीगेसन गएको प्रमुखका स्वकीय सचिव लिला बहादुर सुनुवारले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच