
काठमाडौं । नेपाली कांग्रेसका सांसद जीवन परियारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई समितिको बैठकमा बोलाउन प्रस्ताव गर्नुभएको छ । पूर्वराजा जवाफदेही हुनुपर्ने भन्दै सांसदहरूले जवाफ लिनेगरी संसदीय समितिमा बोलाउनुपर्ने उहाँको भनाइ थियो ।
संसदीय समितिको बैठकमा बोल्दै कांग्रेसका सांसद परियारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि समितिमा बोलाएर चैत १५ गतेको घटनाबारे सोधपुछ गर्नुपर्ने बताउनु भएको हो ।
सांसद परियारले पूर्वराजालाई एउटा नागरिकको हैसियतले यस्तो गर्न पाउनुहुन्छ भनेर सोध्नलाई समितिमै ल्याउनुपर्ने भनाइ राख्नुभयो । उहाँले संविधानको नजरमा सबै बराबरी रहेको भन्दै अराजकता मच्चाउने छुट कसैलाई नभएको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, “नवराज सवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समिति आयोजक हो । पोखराबाट काठमाडौं आउँदा जनताले स्वागत गरेका छन् । पूर्वराजालाई तीनकुने घटनाका सम्बन्धमा सोधपुछ गर्न समितिमा बोलाऔँ । तपाईं यो घटनामा संलग्न हुनुहुन्छ कि हुनुहुन्न सोधौँ ।”
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच