
कालीकाेट । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कर्णालीका जल, जंगल, पेट्रोलियम पदार्थजस्ता स्रोतहरूको संरक्षण र सदुपयोगमा सरकार पछि परेको बताउनुभएको छ ।
शनिबार कालीकोटको रास्कोट नगरपालिकास्थित आरसीपी बजारमा आयोजित पार्टीको दशौं जिल्ला अधिवेशन उद्घाटन गर्दै उहाँले कर्णालीका स्रोतहरू संरक्षण गरिए राज्य नै लाभान्वित हुने धारणा राख्नुभयाे ।
अध्यक्ष नेपालले रास्कोटमा प्रशासनिक सेवा केन्द्र स्थापना आवश्यक रहेकोमा जोड दिँदै, “रास्कोट नपुगेको भए आफ्नो देश भ्रमण अधुरो नै रहने,” अभिव्यक्ति दिनुभयो ।
कार्यक्रममा विशेष अतिथि पार्टीका उपाध्यक्ष प्रकाश ज्वालाले माधव नेपाललाई शान्ति, गणतन्त्र स्थापनाका अगुवा र संविधानका रक्षकका रूपमा चर्चा गर्दै उहाँको उपस्थितिलाई अर्थपूर्ण बताउनुभएको थियो ।
जिल्ला अध्यक्ष चित्रसिंह गाउँलेको अध्यक्षतामा सम्पन्न समारोहमा केन्द्रीय सचिव चन्द्रबहादुर शाही, माओवादी नेता तथा कर्णालीका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाही, समाजवादीका पोलिटब्यूरो सदस्य तथा सांसद अम्मर बहादुर थापालगायतले शुभकामना मन्तव्य दिएका थिए ।
बाजागाजासहितको जुलुस र सांस्कृतिक प्रस्तुतिले कार्यक्रम झनै आकर्षक बनेको थियो । कलाकार विपना सिंह, शंकर मल्ल र स्थानीय देउडा तथा झोडा खेल समेङप्रस्तुत गरिएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच