
भोजपुर । नयाँ शैक्षिक सत्र सुरु हुदाँ समेत समयमा विद्यालयमा पुस्तक नपुग्ने समस्या हटेको छ । पहाडी जिल्ला भोजपुरका दुर्गम क्षेत्रहरुमा रहेका विद्यालयहरुमा समेत शैक्षिक सत्र सुरु अगावै पुस्तकहरु पुग्न थालेपछि यो समस्या हटेको हो ।
भोजपुरमा नयाँ शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक पुगेको छ । जिल्लामा शैक्षिक शत्र सुरु नहुँदै पाठ्यपुस्तक आएको २०५१ सालदेखि जिल्लामा पाठ्यपुस्तक ढुवानी गरेर विद्यालयहरुमा पुर्याउँदै आएको पाण्डे पुस्तक पसलका संचालक मोहन पाण्डेले बताउनुभयो । बिगत जस्तो नभएर जनक शिक्षा सामाग्रीले समयमा नै पुस्तक छपाई गर्न थालेसँगै जिल्लाका विद्यालयहरुमा पनि पुस्तकको समस्या नदेखिएको संचालक पाण्डेको भनाई छ ।
पुस्तक ढुवानीमा व्यवसायीहरुले समेत तदारुकता देखाएपछि भोजपुरमा समयमै पाठ्यपुस्तक पुगेको छ । नयाँ शैक्षिक सत्र वैशाख २ गतेदेखि सुरु हुने गर्दछ । जिल्ला सदरमुकाममा रहेका दुई वटा पुस्तक पसलहरुले जिल्लाबाट विद्यालयहरुमा पुस्तक ढुवानी गर्छन भने पालिकाहरुमा पनि सिधै पुस्तक ढुवानी भएर बितरण गर्ने गरिन्छ । जिल्लामा दुई नगरपालिका र सात वटा गाउँपालिका छन् ।
जिल्लामा समयमै पाठ्यपुस्तक पुगेपछि विद्यार्थी तथा शिक्षकहरुमा समेत उत्साह देखिने गरेको छ । शैक्षिक सत्र सुरु अगावै विद्यालयमा पुस्तक पुग्दा विद्यार्थीलाई मात्र होइन शिक्षकलाई समेत शिक्षण सिकाईमा सहजता हुने विद्योदय माध्यमिक विद्यालयका शिक्षक खोमराज धमलाले बताउनुभयो । बिगतमा विद्यालयहरुमा समयमा पुस्तक नआउँदा देखिने गरेको समस्या समेत हटेको शिक्षक धमलाको धारणा छ ।
सदरमुकाममा रहेको पाण्डे पुस्तक पसल, आंकाक्षा स्टोरलगायतबाट पाठ्यपुस्तक बिक्री वितरण हुदै आएको छ भने ग्रामीण क्षेत्रहरुमा रहेका पुस्तक पसलहरुले पनि विद्यालयमा पुस्तक ढुवानी गर्दे आई रहेका छन् । समयमा नै पुस्तक आएकाले समस्या नदेखिएको आंकाक्षा स्टोरका संचालक गणेश शाक्यले बताउनुभयो । बैशाख देखि शैक्षिक सत्र सुरु हुने भएपनि चैत्रमै सवै पुस्तकहरु जिल्ला आई सकेको शाक्यले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच