
डा.चण्डिकाप्रसाद भट्ट
गत मंगलबारको अंकबाट क्रमशः
केही समयपछि सरकार फेरियो माननीय रवि लामिछाने गृहमन्त्री हुनुभयो । अनि सहकारी र जीबी प्रकरणले नयाँ उचाइ पायो किनकि यसमा स्वयं गृहमन्त्रीसमेत सहकारी र जीबीसँग जोडिएको मुद्दा झनै पेचिलो बन्यो । कांग्रेसले सदन अवरोध गर्यो । यसबारे अदालतमा मुद्दा चलिरहेको हुँदा यथार्थता भोलिका दिनमा आउने नै छ तर सदनमा हरेक दिन तत्कालीन मा.गृहमन्त्री रवि लामिछानेलाई जीबी बारे प्रश्न गरियो । उहाँले जीबीलाई पानी मुनि गए पनि, जहाँ गए पनि छाडिन्न भनी कडा बोलीमा प्रस्तुत गर्नुभयो ।
यहाँ विडम्बना के भने स्वयं मा.नारायण काजी र मा.रवि लामिछाने दुवै एउटै क्याबिनेटमा अनि जीबी प्रकरणबारे एकजना प्रश्न गर्ने र अर्को जवाफ दिने भूमिकामा हुनुहुन्थ्यो तर पछि त दुवैजना एउटै सरकारमा जवाफ दिने भूमिकामा आइ पुगेपछि दुवैले सँगै बसेर जीबी र सहकारीबारे आफूले पाएको सूचना र जानकारी पीडितलाई केन्द्रमा राखेर सदनमा खुला प्रस्तुत हुनुभएको भए एउटा विश्वाशिलो वातावरण बन्ने थियो कि । प्रणालीले काम गर्ने भनेको यसरी हो तर यहाँ आइपुग्दा सर्व साधारणको नजरमा प्रणालीभन्दा पनि प्रवित्ति हावी भएजस्तो देखियो । समय बदलियो सरकार पनि बदलियो । गृहको नेतृत्व गर्न अहिले नेपाली कांग्रेसका सांसद रमेश लेखक आउनुभयो ।
पृथ्वीनारायण, वीरेन्द्र र त्रिभुवन वीरविक्रम शाहहरूको जुन स्थान छ सायद अरू शाहहरूको नहुन या भिन्न हुन सक्दछ । पृथ्वीनारायणको नेपाल एकीकरणको कारण इतिहास रचित छ । यसैगरी राजा त्रिभुवनको राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनामा सहयोगी भएका कारण सकारात्मक देखिन्छ । त्यस्तै स्व.राजा वीरेन्द्रको एकदलीय पञ्चायतको बिसर्जन र बहुदलीय व्यवस्थाको घोषणा गर्नुमा ।
जीबी खोज्न या कारबाही अघि बढाउन त अहिले झन् सजिलो हुनुपर्ने हो किनकि तिनै गृहमन्त्रीले सदनमा यसबारे चर्कै प्रस्तुत हुनु भएको थियो । अरूभन्दा चर्को बोल्नु या बोल्न सक्नु, अरूलाई खुइल्याउनु, आफैंले आफैंलाई या अरूको कुरा धैर्यपूर्वक सुन्न नचाहनु या अरूप्रति असहिष्णु बन्नु आदि किमार्थ प्रजान्त्रको सर्वमान्य परिभाषाभित्र पर्दैनन् । खोइ कहाँ हरायो प्रजातन्त्र÷लोकतन्त्र एक प्रणाली हो जीवन पद्धति हो भन्ने भाष्य ? दुई पूर्व र एक बहालवाला गृहमन्त्रीज्यूहरू सँगै बसेर आवश्यक परे अरू सरोकारवाला राखेर एक व्यक्ति खोजी गरी समस्या निधान गर्न सकिन्न ? त्यसैले यहाँ प्रणालीभन्दा पनि प्रवृत्ति कतै दोषी छ कि भन्न खोजिएको हो ।
हालसालै प्रजातन्त्र दिवसको उपलक्षमा पूर्वराजा ज्ञानेन्द्रको निकै कर्णप्रिय र मार्मिक अभिव्यक्ति आयो । यदि पूर्वराजा ज्ञानेन्द्रको विगत केही थिएन भने निश्चय नै मननीय र सान्दर्भिक छ र हुन्थ्यो । उहाँको दाबीमा परेका एक-दुई शब्द र विगत हेर्नैपर्ने हुन्छ । निश्चय पनि शाह वंशको नेपाली इतिहासमा नमेटिने छाप छन् । गोरखाको एउटा कन्दरामा गरिब र समाजले घोषित गरेको दलित परिवारमा जन्मे हुर्केका बिसे नगर्चीको त नेपली इतिहासमा नाम दर्ज भएको छ भने ४४९ वर्ष शासन गरेका शाह वंशीय राजाहरूको त नहुने कुरै भएन । मननीय कुरा के हो भने त्याग सबैले गरेका हुन्छन् तर त्याग कसका लागि र केका लागि भन्ने कुराले ओगटेको स्थानको हो महत्व ।
हो पृथ्वीनारायण, वीरेन्द्र र त्रिभुवन वीरविक्रम शाहहरूको जुन स्थान छ सायद अरू शाहहरूको नहुन या भिन्न हुन सक्दछ ।
पूर्वराजा ज्ञानेन्द्रले गर्नुभएको निषेध शब्द आफ्नै विगतसँग सान्दर्भिक भएन र ? उहाँले नै शेरबहादुर देउवाको सरकारलाई अक्षम प्रधानमन्त्री घोषणा गर्दै पदबाट हटाएर शासनसत्ता हातमा लिनुभएको होइन ? अपदस्तमात्र होइन सबै सञ्चारमाध्यम कटौती गरी शासनको बागडोर आफैंले लिनुभएको अस्ति २०६१ मै होइन ? के त्यसबेला उहाँले निषेधको शुभारम्भ गर्नुभएको होइन ?
पृथ्वीनारायणको नेपाल एकीकरणको कारण इतिहास रचित छ । यसैगरी राजा त्रिभुवनको राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनामा सहयोगी भएका कारण सकारात्मक देखिन्छ । त्यस्तै स्व.राजा वीरेन्द्रको एकदलीय पञ्चायतको विसर्जन र बहुदलीय व्यवस्थाको घोषणा गर्नुमा । खासगरी राणा शासनको अन्त्यपछि त्रिभुवन, महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र राजाहरूको शासनकाल उहाँहरूको कदम या नियतलाई सूक्ष्म रूपमा नियाल्नै पर्ने हुन्छ ।
महेन्द्रले आफ्ना बुबाको समेत संलग्नतामा प्राप्त प्रजातन्त्रमात्र नभई जननिर्वाचित सरकारलाई अपदस्त गरी प्रजान्त्र स्थापना गर्न कुर्बानी गरेका नेताहरूलाई जेलमा सडाउने र कति नेपालीको जीउ धन र सर्वश्व गर्नुभएकै हो । वीरेन्द्रले नेपाली जनको अधिकार फिर्ता गर्नुभएको इतिहासमा दर्ज छ । हाल पूर्वभइसक्नु भएका ज्ञानेन्द्रले पनि आफ्ना दाज्यूले दिएको जनताको नासो अपदस्त गर्नुभएकै हो यद्यपि त्यो नासो जनचाहना बमोजिम संरक्षित गर्न नसकेर फिर्ता दिनुपर्ने बाध्य भएर नै फिर्ता दिएको हो ।
ज्ञानेन्द्रबाट प्रयोग भएको अर्को शब्द ‘निषेध’ थियो । उहाँकै शब्द यस्तो थियो, ‘निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई बलियो बनाउँदैन’ ‘पक्ष विपक्षको अहंकार आ-आफ्नै खालको स्वार्थ तथा हठले पनि प्रजातन्त्रलाई गतिशील बनाउन सक्दैन ।’ उहाँको यस शब्दको प्रयोग आफ्नै बिगतसँग सान्दर्भिक भएन भन्ने लाग्दछ किनकि उहाँले नै शेरबहादुर देउवाको सरकारलाई १८ असोज २०५९ मा अक्षम प्रधानमन्त्री घोषणा गर्दै पदबाट हटाएर शासनसत्ता हातमा लिनुभएको होइन ? अपदस्तमात्र होइन सबै सञ्चारमाध्यम कटौती गरी शासनको बागडोर आफैंले लिनुभएको अस्ति २०६१ मै होइन ? के त्यस बेला उहाँले निषेधको शुभारम्भ गर्नुभएको होइन ?
त्यस्तै व्यवस्था बदल्नेबाट नागरिकको अवस्था परिवर्तन हुन नसकेको अर्को आरोप छ । के के न गर्छु भनी अरू त अरू श्रीलंका पलायन भएर व्यवसाय गरेर बसेका तुलसी गिरीलाई समेत ल्याई प्रयोग गर्नुभएको होइन ? परिणाम के दिनुभयो ? त्यस बेला पनि शासन सत्ता लिँदा जनतामा छाएको निराशा, बेथिति आदिको आरोप लगाउँदै र त्यसैलाई उचाल्दै लिइएको वक्तव्य नेपाली जनले बिर्सिएका छैनन् । हेक्का राख्नु रहोस् । तपाईंले शासन सत्ता हातमा लिएको केही दिन मुर्दा शान्ति जस्तो छाए पनि परिणाम केही हुन सकेन ।
आफू र आफ्नालाई सुविधा वृद्धि गर्ने, सरकारी ढुकुटी खर्च गर्दै देखावटी समर्थन जुटाउन ठाउँ ठाउँमा प्रदर्शन, र्याली र भेला गर्दै हिँडेको अवस्था र त्यसको परिणाम के भयो ? यति छिटै बिर्सिदिनु हुने ? अहिले पनि अरूको असफलतामा आफ्नो सफलता देख्ने प्रवृत्ति पछिल्ला दिनहरूमा झनै बढी हुँदै गएको देखिन्छ । त्यस्तै समूहहरू तपाईंकोमा आई हौस्याइरहेका होलान् र छन् जसरी हिजो २०६०÷०६१ ताका गरेका थिए । होसियार हुनुहोस् ।
तपाईंको प्रवृत्ति र सोचेको व्यवस्थाले त निषेध गरेको थियो तर अहिलेको लोकतान्त्रिक व्यवस्थाले त कसैलाई निषेध गरेको छैन र यसको सुन्दर पक्ष नै यही हो । यसैलाई आत्मसात गरौं, कमीकमजोरी सुधारौं र अब सबै मिलेर अवस्था परिवर्तन गर्न लागौं । यसैमा सबैको कल्याण हुनेछ । न रहे बाँस न बजे बाँसुरी प्रवृत्ति सबैले त्यागौं । यसैमा सबैका पुर्खा, वर्तमान तथा भावी सन्ततीको कदर र कल्याण होला । आगे सबैको मर्जी । (गोरखाको दुल्लभ मावि., रेडन कलेजका पूर्वप्राचार्य, नेल्टाका पूर्वअध्यक्ष तथा नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय वरिष्ठ उपाध्यक्ष डा.भट्ट कोवेन्ट्री विश्वविद्यालय ग्रुप, बेलायतमा प्राध्यापन गर्नुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच