
काठमाडौं । कप्तान महेन्द्र सिंह धोनीको उत्कृष्ट फिनिसिङसँगै चेन्नई सुपर किङले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पराजयको शृङ्खलालाई तोडेको छ।
सोमबार भएको खेलमा चेन्नईले लखनउ सुपर जेन्ट्सलाई पाँच विकेटले हरायो। १६७ रनको लक्ष्य पछ्याएको चेन्नाईले तीन बल बाँकी रहँदा पाँच विकेटको क्षतिमा १६८ रन जोडेको हो।
चेन्नाईका लागि शिवं दुवेले अविजित रहँदै ३७ बलमान ४३ रन बनाउनुभयाे । यसैगरी धोनीले अविजित रहँदै ११ बलमा २६ रन बनाउनुभयाे । उहाँ प्लेयर अफ द म्याच बन्नुभयाे ।
साइक रसिद र रचिन रविन्द्रले उत्कृष्ट सुरुवात गर्दै पहिलो विकेटका लागि २९ बलमा ५२ रनको साझेदारी गर्नुभयाे । रसिदले १९ बलमा २७ तथा रचिनले २२ बलमा ३७ रन बनाउनुभएकाे थियाे ।
लखनउका तीन स्पिनरले खेललाई लगभग आफ्नो पक्षमा पारिसकेको अवस्थामा धोनीले उल्टाउनुभएकाे हाे । दिगवेश राठीले चार ओभरमा २३ रन खर्चेर एक तथा रवि विस्नोइले तीन ओभरमा १८ रन खर्चेर दुई विकेट लिनुभयाे । पार्ट टाइम बलर आइडन म्याक्रमले चार ओभर नै बलिङ गरेर २५ रन खर्चेर एक विकेट लिनुभयाे । पावर प्ले सकिँदा प्रति ओभर आठ भन्दा कम रन चाहिएको अवस्थामा बिचको समयमा चन्नई खस्किएको थियो।
१५ औँ ओभरको समाप्तिमा विनय शंकर आउट भए पनि धोनी ब्याटिङ गर्न आउँदा ५ ओभरमा ५६ रन आवश्यक थियो। यस समयमा ऋतुराज गाइक्वाडको अनुपस्थितिमा टोलीको नेतृत्व समेत गर्नुभएका धोनीले जित दिलाउनु भएकाे हाे ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले सात विकेटको क्षतिमा १६६ रन जोडेको थियो। यस अघिका खेलमा असफल रहेका ऋषभ पन्त सोमबार फर्ममा फर्कँदै ४९ बलमा ६३ रन जोड्न सफल हुनुभयाे । मिचेल मार्सले ३० तथा आयुस बडानीले १७ रनको योगदान दिनुभयाे । आईपीएलमा सानदार प्रदर्शन गरी रहेका निकोलास पूरण भने सोमबारको खेलमा आठ रनमा नै आउट हुनुभयाे । अब्दुल समादले रन आउट हुनु अघि ११ बलमा २० रन बनाउनुभयाे ।
चेन्नईका माथिसा पाथिरना र रवीन्द्र जडेजाले समान दुईदुई विकेट लिनुभयाे । स्टार नुर अहमदले कुनै विकेट नलिए पनि किफायती बलिङ गर्दै चार ओभरमा १३ रन मात्र खर्चिनुभयाे ।
पहिलो खेलमा मुम्बई इन्डियन्सलाई हराएको चेन्नाई त्यसपछि लगातार पाँच खेलमा पराजित भएको थियो। कुल चार अङ्क भएको चेन्नई अझै तालिकाको पुछारमा छ। लखनउ भने आठ अङ्कसहित चौथो स्थानमा छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच