इलाम र माइजोगमाई जोड्ने पुल निर्माण सम्पन्न नहुँदा स्थानीयलाई सास्ती

Read Time = 4 mins

-प्रकाश नेपाल
इलाम । निर्माण थालिएको ९ वर्ष हुँदा पनि इलाम नगरपालिका र माईजोगमाई गाउँपालिका जोड्ने पक्की पुल निर्माण सम्पन्न नहुँदा स्थानीय सास्ती बेहोरिरहेका छन् । २०७४ सालमा नै सम्पन्न गर्नेगरी ठेक्का प्रक्रियामा अघि बढेको पुल हालसम्म पनि निर्माण सम्पन्न नहुँदा स्थानीय निराश बनेका छन् ।

इलाम नगरपालिका–५ र माइजोगमाई गाउपालिकाको सोयाङ जोड्ने दुधाङमा पक्की पुल निर्माणका लागि २०७१ असार २७ मा ठेक्का सम्झौता भयो । २०७४ सालमा नै सम्पन्न गर्नुपर्ने पुल हालसम्म सम्पन्न नहुँदा स्थानीय निराश छन् । पटक पटक म्याद थप गरिएपनि पुल निर्माण सम्पन्न भएको छैन । हिउँमा त खोलाबाट नै गाडी वारपार गर्छन् तर बर्खायाम सुरु भएसँगै खाद्यान्न ढुवानी र बिरामी हुँदा समस्या हुने गरेको छ । इलाम सदरमुकामबाट माइजोगमाई केन्द्रसम्म दैनिक दर्जनौ सवारी चल्छन् । इलाम र नयाँबजार करिब २२ किलो मिटरमा सडक बिचको पुल सम्पन्न नहुँदा खोलाबाटै कठिन यात्रा गर्नुपरेको स्थानीय तथा चालकहरुको भनाइ छ ।

डिभिजन सडक कार्यालय इलामका अनुसार सम्झौता अवधीमा काम नसकिएपछि ०७४ पुस २७ सम्मलाई पहिलो पटक म्याद थपिएको थियो । निर्माण कम्पनीले ठेक्का पाएर पनि निर्माण सम्पन्न गर्न नसकेको हो । यो पुलको एकातर्फ नेकपा एमालेका नेता सुभाषचन्द्र नेम्वाङ र अर्कातर्फ पूर्वप्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र हो । देश हाक्ने नेताको क्षेत्रमा नै निर्माण थालिएको वर्षौसम्म पुल नबन्दा स्थानीय दुखी भएका छन् । यस पुल सञ्चालनका लागि पहल गरिने इलाम नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको भनाइ छ । निर्माणाधीन पुलबाट इलाम नगरपालिका तथा माइजोगमाई गाउँपालिका हुँदै सूर्योदय नगरपालिका, सन्दकपुर गाउँपालिका एवम् भारतका बिभिन्न ठाउँका स्थानीयलाई सहज हुने छ । स्थानीयको सहजताका लागि आफुहरुले सम्वन्धित निकायसम्म पुगेर खवरदारी गर्ने इलाम नगरपालिका मेयर केदार थापाको भनाइ छ ।

इलाम सदरमुकामदेखि माइजोगमाईको केन्द्र नयाँबजारसम्म पुग्ने मोटरबाटो ग्राभेल भएको छ । दुखसुख बर्खायाममा पनि सवारी सञ्चालन हुने सडकको बीचमा रहेको खोलामा पुल नहुँदा समस्या हुँदै आएको छ । काम गर्ने ठेकेदार कम्पनीले नै हो । तर स्थानीय तथा जनप्रतिनिधिले खवरदारी गर्न नसक्दा पनि यस पुल निर्माण हुन नसकेको स्थानीय बताउँछन् । इलाम नगरपालिका जनप्रतिनिधि लगायत जिल्लावासीले नै खवर गरेर तत्काल पुल निर्माण काय सम्पन्न गर्न र गराउन जरुरी रहेको उनीहरुले बताए ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?