‘चलचित्रको संख्यमा भन्दा गुणस्तरमा ध्यान दिऊँ’

Read Time = 2 mins

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले चलचित्रको संख्यामा भन्दा गुणस्तरीयतामा ध्यान दिनुपर्ने बताउनुभएको छ । बुधबार नेपाली चलचित्र उद्योगका विभिन्न संघसंस्थाका निर्वाचित तथा नियुक्त पदाधिकारी र सदस्यलाई बधाई दिन तथा नयाँ वर्ष २०८० को शुुभकामना आदानप्रदान गर्न नेपाल चलचित्र निर्माता संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

नेपाली चलचित्र क्षेत्रको विकास गर्दै यसलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नलायक बनाउन चलचित्रकर्मीलाई लाग्न आग्रह गर्दै उहाँले यसमा आवश्यक कानुन र नीति-निर्माणको सवालमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल प्राकृतिक हिसाबले सुन्दर र सांस्कृतिक हिसाबले विविधतायुक्त मुलुुक भएकाले यसलाई राम्रोसँग चलचित्रमा प्रस्तुत गरेर राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न सके चलचित्रको माध्यमबाट देशको समृद्धिमा ठूलो योगदान गर्न सकिने उहाँको धारणा थियो ।

चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली चलचित्र उद्योगका विभिन्न संघसंस्थाका निर्वाचित तथा नियुक्त पदाधिकारी र सदस्यलाई सम्मान गरिएको थियो । संघले मन्त्री शर्मालाई पनि सम्मान गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?