पशुपतिमा धार्मिक तथा अन्य पर्यटकहरुको आकर्षण बढाउने गरी योजना थालौँ : राष्ट्रपति पौडेल

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललले पशुपतिनाथ परिसरलाई धार्मिक तथा अन्य पर्यटकहरुको लागि पनि महत्वपूर्ण गन्तव्यस्थलको रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार पशुपति क्षेत्रमा श्री राधा माधव समिति नेपालद्वारा जगतगुरु श्री कृपालुजी महाराजको स्मृतिमा निर्माण तथा व्यवस्थापन हुँदै आएको वनकाली उद्यान पशुपति क्षेत्र विकास कोषललाई हस्तान्तरण कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।

उहाँले पशुपति क्षेत्रमा मन्दिरमा पूजा गर्न जने मात्रै नभइ पूजापछि विश्रामका लागि पनि बगैँचाहरुको निर्माण गरी व्यवस्थित गर्न जरुरी रहेको बताउनु भयो । उहाँले पशुपति क्षेत्रको प्रचारप्रसार र व्यवस्थापन गर्नसक्दा धार्मिक पर्यटनको माध्यमबाट नेपालको आर्थिक विकासमा समेत टेवा पुग्ने बताउनु भयो । राष्ट्रपति पौडेलले पशुपति क्षेत्रमा भक्तजनका लागि धेरै उद्यान र प्रतिक्षालयको विकास र संरक्षण गर्न जरुरी रहेको बताउनु भयो । उहाँले पशुपति क्षेत्रको विकासका लागि वृहत गुरुयोजना निर्माण गरी विशेष महत्वको आयोजनाका रुपमा अघि बढाउँदा स्वच्छ पिउनेपानी, व्यवस्थित शौचालय, पार्किङ स्थल, इन्टरनेट, सूचना लगायत भक्तजनका सामानको सुरक्षा लगायत आधारभुत र अत्यावश्येक सेवासमेत व्यवस्थित गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पशुपतिनाथ नेपालको महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यस्थल पनि हो । पूजाआज र दर्शन सकेपछि केही समय विश्रामका लागि महनमोहक वातावरण बगैँचामा बनाउनेगरी यस उद्यानलाई अझै व्यवस्थित गर्न जरुरी छ । पशुपति क्षेत्रको प्रचारप्रसार र व्यवस्थापन गर्नसक्दा धार्मिक पर्यटनको माध्यमबाट नेपालको आर्थिक विकासमा समेत टेवा पुग्छ । हरेक वर्ष मनाइने महान पर्वहरु शिवरात्री, बालाचतुर्दशी, हरितालिका तिज लगायतमा आउने भक्तहरुलाई ध्यानमा राखेर अव्यवस्थित मन्दिर परिसरमा आउने समस्या कम गर्न थुप्रै उद्यान र प्रतिक्षालयको विकास र संरक्षण गर्न जरुरी छ । पशुपति क्षेत्रको विकासका लागि वृहत गुरुयोजना निर्माण गरी विशेष महत्वको आयोजनाका रुपमा अघि बढाउँदा समेत स्वच्छ पिउनेपानी, व्यवस्थित शौचालय, पार्किङ स्थल, इन्टरनेट, सूचना लगायत भक्तजनका सामानको सुरक्षा लगायत आधारभुत र अत्यावश्येक सेवासमेत व्यवस्थित गर्न सबैको ध्यान जान जरुरी छ ।’

राष्ट्रपति पौडेलले पशुपति क्षेत्रलाई मन्दिर दर्शन गरेर फर्किने मात्रै नभइ लामो समयसम्म बस्नसक्ने वातावरण बनाउनसके अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान बढाउन सकिने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?